६७औं भारतीय गणतन्त्र दिवस

MMS_0868मित्र राष्ट्र भारतको ६७औं गणतन्त्र दिवस यस पटक पनि भव्यतापुर्वक मनाइएको छ । यस अवसरमा सर्वप्रथम भारतीय जनता लगायत सम्बन्धित सबैमा हामी सप्तरी जागरणको तर्फबाट हार्दिक बधाई ज्ञापन गर्दछौं । बधाई ज्ञापन सँगै गणतन्त्रमा प्रवेश गरेपछि भारतले प्राप्त गरेको सफलता, विकास र समृद्धीका लागि शुभकामना समेत दिन चाहन्छु । भनिन्छ, मुलुकको निर्माण व्यक्तिको एक्लै प्रयासले मात्र सम्भव हुँदैन । यसका लागि मुलुकबासी जनताको पनि सहयोग र साथ चाहिन्छ ।

भारत धेरै लामो समयसम्म पराधिन रहयो, सँगसँगै विभिन्न राजा रजौटाहरुको शासनको छायाँ पनि प¥यो । पराधिन रहनु परेका कारणले राष्ट्रिय स्वाधिनताको महत्वले हुन्छ भने कुरा भारती जनताले राम्ररी महसुस गरेका छन् । त्यसैले उनीहरुको राष्ट्रियता प्रतिको भावना अनुक्रणीय मानिन्छ । यस्तै गणतन्त्रले दिएको समान्ताले, आत्म गौरबले पनि भारतलाई विकासको फड्को मार्न जनताको साथ र समर्थन दिईरहेको छ । यस मानेमा पनि भारतका लागि गणतन्त्र दिवस खुशीयालीको साथै एक सुखद अवसर पनि बन्न पुगेको छ ।

मित्र राष्ट्रका नाताले भारतले जसरी नेपाल र नेपालीहरुको सुख, समृद्धि चाहेको छ, नेपालले पनि भारतलाई त्यही कामना र आकांक्षा जाहेर गरेको कुरा नयाँ होइन । भारत र नेपाल बीचको सम्बन्ध लाखौ वर्ष पुरानो हो । यी दुई देश बीच भौगोलिक निकटता मात्र होइन । धर्म, संस्कृति, रितीरिवाज देखि विभिन्न शिर्षकमा अटुट सम्बन्ध छ । त्यसैले कसैले चाहेर पनि यो सम्बन्धलाई अलग्याउन सक्दैन । यही कारण हो कि नेपाललाई दुःख पर्दा भारत दुखित हुने गरेको छ भने भारतलाई त्यस्तो अवस्था आउँदा नेपालले दुःखको अनुभुति गर्दछ ।

दुवै देशको मित्रता अझै गहिरो हुँदै जाने र एक अर्काको सहयोग तथा सद्भावबाट आपसी विकास कायम भई अझै घनिष्ताका साथ युगौ युगसम्म यो सम्बन्ध कायम रहोस् भने नेपाली जनताको आकांक्षा हो । नेपालीलाई  दुःख पर्दा त्यसै गरी भारतीय जनताको पनि साथ र सहयोग प्राप्त भएको कुरा दोहो¥याई रहनु पर्ने कुरा होइन । गणतन्त्र दिवसको यस सुखद क्षणमा पुनः समस्त भारतीय जनतामा हार्दिक बधाईका साथ नेपाल भारत बीचको सम्बन्ध अझै अक्षुण र उदाहरणीय बनोस भने शुभेच्छा जाहेर गर्दछौं ।