३२ जिल्लाका ६ वटा प्रदेश मा आज मतदान हुदै , मधेस आन्दोलनको जगमा मुलुकमा संघीय शासन

Taplejung-Votingphotoमतदानका लागि ३२ जिल्लामा २ हजार ९ सय १९ मतदान स्थल र ४ हजार ४ सय ६५ मतदान केन्द्र कायम गरिएको छ । प्रदेश नम्बर १ का सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुंगा, ताप्लेजुङ, पाँचथर, खोटाङ, प्रदेश नम्बर ३ का नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, प्रदेश ४ का मुस्ताङ, म्याग्दी, बागलुङ, मनाङ, लमजुङ, गोरखा, प्रदेश ५ का पूर्वी रूकुम, रोल्पा, प्रदेश ६ का पश्चिम रुकुम, जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट, डोल्पा र प्रदेश नम्बर ७ का दार्चुला, बझाङ, बाजुरामा आइतबार मतदान हुँदैछ । प्रतिनिधिसभा सदस्यका लागि २७ जिल्लामा एक-एक र पाँच जिल्लामा दुई-दुई निर्वाचन क्षेत्र कायम गरिएको छ । दुई निर्वाचन क्षेत्र हुने जिल्लामा नुवाकोट, धादिङ, सिन्धुपाल्चोक, बागलुङ र गोरखा छन् ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि पहिलो चरणअन्तर्गत हिमाली र पहाडी ३२ जिल्लामा आइतबार बिहानै देखि मतदान शुरु भएका छन । दुवै सभाका लागि प्रत्यक्षतर्फ ७ सय २ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभाको १६५ निर्वाचन क्षेत्रमध्ये पहिलो चरणमा ३७ क्षेत्रमा मतदान भइरहेको छ । प्रदेशसभातर्फ भने ७४ निर्वाचन क्षेत्र छन् । ७ वटै प्रदेशसभाका लागि प्रत्यक्षतर्फ ३३० निर्वाचन क्षेत्र छन् । संविधानसभा जस्तै प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा मिश्रित निर्वाचन प्रणाली अपनाइएको छ । समानुपातिकतर्फ प्रतिनिधिसभामा ११० र प्रदेशसभामा २२० सिट छन् ।

प्रतिनिधिभा सदस्यका लागि २ सय ६६ पुरुष र १६ महिला उम्मेदवार छन् । त्यस्तै प्रदेशसभा सदस्यका लागि ४ सय पुरुष र २० महिला उम्मेदवार मैदानमा छन् । २०५६ सालमा प्रतिनिधिसभाको निर्वाचन भएयता संसदीय निर्वाचन भएको थिएन । तत्कालीन राजा ज्ञानेन्द्र शाहले प्रतिनिधिसभा विघटन भएको मौका छोपेर ०५९ असोज १८ गते शासकीय अधिकार आफ्नो हातमा लिएका थिए । यही अवधिमा दोस्रो जनआन्दोलन भयो, आन्दोलनमा रहेका ७ दल र सशस्त्र द्वन्द्व गरिरहेका माओवादीबीच भएको १२ बुँदे सहमतिको जगमा ०६३ वैशाख ११ गते ०५९ सालमा विघटित प्रतिनिधिसभा पुन:स्थापना गरी शासकीय अधिकार जनतामा फिर्ता भयो । १० वर्षे सशस्त्र द्वन्द्व त्यागेर माओवादी शान्ति प्रक्रियामा आयो । संवैधानिक राजतन्त्रबाट मुलुक गणतन्त्रमा प्रवेश गर्‍यो । ०६४ र ०७० सालमा दुइटा संविधानसभा निर्वाचन भए । संविधानसभालाई नै व्यवस्थापिका संसदको काम गर्ने अधिकारसमेत थियो । मधेस आन्दोलनको जगमा मुलुकले संघीय शासन व्यवस्था स्वीकार गर्‍यो ।

०७२ असोज ३ मा संविधानसभाले जारी गरेको संविधानमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना संघ (केन्द्र), प्रदेश र स्थानीय गरी तीन तह छन् । ०५९ असारयता जनप्रतिनिधिविहीन रहेको स्थानीय तहमा पनि यही वर्ष निर्वाचन सम्पन्न भइसकेको छ । पुन:संरचनापछिको ७ सय ५३ स्थानीय तहमा जनप्रतिनिधि बहाल भइसकेका छन् । पहिलो चरणको मतदानबाट दुवै सभाका लागि १ सय ११ जना निर्वाचित हुनेछन् । प्रतिनिधिसभातर्फ ३७ सदस्य र प्रदेशसभातर्फ ७४ सदस्य चुनिनेछन् ।

पहिलो चरणको निर्वाचनमा मतदाताको संख्या ३१ लाख ९१ हजार ९ सय ४५ छ । त्यसमध्ये १६ लाख ९१ हजार ९ सय ४५ पुरुष र १५ लाख ८६ हजार ५ सय २ जना महिला मतदाता छन् ।

मतदानका लागि ३२ जिल्लामा २ हजार ९ सय १९ मतदान स्थल र ४ हजार ४ सय ६५ मतदान केन्द्र कायम गरिएको छ । प्रदेश नम्बर १ का सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुंगा, ताप्लेजुङ, पाँचथर, खोटाङ, प्रदेश नम्बर ३ का नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, प्रदेश ४ का मुस्ताङ, म्याग्दी, बागलुङ, मनाङ, लमजुङ, गोरखा, प्रदेश ५ का पूर्वी रूकुम, रोल्पा, प्रदेश ६ का पश्चिम रुकुम, जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट, डोल्पा र प्रदेश नम्बर ७ का दार्चुला, बझाङ, बाजुरामा आइतबार मतदान हुँदैछ । प्रतिनिधिसभा सदस्यका लागि २७ जिल्लामा एक-एक र पाँच जिल्लामा दुई-दुई निर्वाचन क्षेत्र कायम गरिएको छ । दुई निर्वाचन क्षेत्र हुने जिल्लामा नुवाकोट, धादिङ, सिन्धुपाल्चोक, बागलुङ र गोरखा छन् ।