२ नम्बर प्रदेश प्रमुखको मुख्य सचिवमा युसुफ नियुक्त

yusf Akuसंघीय समाजवादी फोरम नेपालका २ नम्बर प्रदेश सदस्य युसुफ अली आइतबार २ नम्बर प्रदेश प्रमुखको कार्यालयमा नियुक्त हुनु भएको छ ।

लामो समय देखि संघीय समाजवादी फोरममा सक्रिय रहेका युसुफलाई २ नम्बर प्रदेशका प्रमुख रत्नेश्वर लाल कायस्थको स्वकीय सचिवालयमा मुख्य सचिव पदमा नियुक्त गरिएको श्रोतले जनाएको छ ।

अलीलाई नियुक्त गर्नका लागि जिल्ला पार्टी नेतृत्व तथा फोरम निकट सप्तरीका केन्द्रिय नेतृत्व वर्गले समेत पहल गर्दै आइरहेका थिए ।
यस अघि २ वर्ष सम्म संघीय समाजवादी फोरमका जिल्ला अध्यक्ष, मुस्लिम फाँटका इन्चार्ज रहेका अलिलाई साझा स्वास्थ्यको चेयर म्यानमा समेत नियुक्त गरेका थिए । हाल संघीय समाजवादी फोरमको २ नम्बर प्रदेशको कमिटीमा रहेका अली पार्टीमा सक्रिय पुर्वक लागेका छन्  ।

संगठन प्रति वफादार र इमान्दार कार्यकर्ताको रुपमा चिनिने अलि संघीय समाजवादी फोरमका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले समेत मन पराउने कार्यकर्ता मध्येका एक हुन् । अलिको नियुक्तलाई पार्टीका भातृसंगठनहरुले समेत स्वभाविक रुपमा लिँदै शुभकामना दिएका छन् । सोमबार देखि अलिले जनकपुर स्थित प्रदेश प्रमुखको कार्यालयमा पुगरेर पदभार ग्रहण गर्ने कार्यक्रम तय भएको फोरम निकटका एक कार्यकर्ताले बताएको छ ।

संघीय प्रेस फोरम केन्द्रिय सदस्य वैद्यनाथ यादवले एक विज्ञप्ती जारी गरी फोरमले संगठनमा लागेका कार्यकर्ताको उच्च मुल्यांकन गरेकोमा पार्टीका केन्द्रिय अध्यक्ष तथा केन्द्रीय समितिलाई धन्यवाद ज्ञापन गर्र्दै अलीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् ।