१८ औं सार्क सम्मेलनका हिरोहरु यस्ता छन्

1दक्षिण एशियाली सहयोग संगठन (सार्क) को पहिलो शिखर सम्मेलन बंगलादेशको ढाकामा ७–८ डिसेम्बर १९८५ मा आयोजना भएको थियो ।

नेपाल, पाकिस्तान, बंगलादेश, भारत, भुटान, माल्दिभ्स र श्रीलंका मिलेर स्थापना गरेको सार्कको पहिलो राष्ट्रको रुपमा अफगानिस्तान रहेको छ । सन् २००७ अप्रिलमा भारतमा सम्पन्न १४ औं शिखर सम्मेलन १८ औ सम्ममा आई पुग्दा इरान, चीन, अष्टे«लिया, जापान, दक्षिण कोरिया, म्यानमार, संयुक्त राज्य अमेरिका र यूरोपेली संघका प्रतिनिधि पर्यवेक्षकको रुपमा देखा परेका छन् ।

सहभागी पर्यवेक्षकहरुले सार्कको विकासको लागि सामुहिकरुपमा लाग्न सबै सार्क सदस्य राष्ट्रलाई सुझाव दिदै हाल सार्क क्षेत्रमा विधमान आतंकवाद र गरिबी लगायतका समस्याको समाधानका लागि एकजुट हुन सुझाव दिएका छन् ।

2 3 4 5 6 7 8अष्ट्रेलियाका ब्रेट म्यासन, चीनका लिउ जेनमिन, इरानका अब्बास अखाउन्डी, जापानका राजदुत एवं पर्यवेक्षक मासाली ओगावा, दक्षिण कोरियाका क्याङ सुलि, म्यानमारका यू तिन उ लिविन र संयुक्त राज्य अमेरिका निसा देशाइले आा–आफ्नो मन्तव्य व्यक्त गरेका छन् भने यूरोपेली संघका तर्फबाट बोल्दै रेन्स्जे तेरिन्कले यूरोपली यूनियनले यस वर्ष देखि सन् २०१० संघका लागि सार्क राष्ट्रलाई तीन अर्ब यूरो दिने कार्यक्रम रहेको जानकारी गराएका छन् ।

सार्क सम्मेलनको उद्घाटन कार्यक्रममा बोल्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफू सडक मार्गबाट काठमाण्डौ आउन लागेकाले नेपाल–भारतका धेरैजना तर्सित भएको बताएको छ ।

‘म सडक मार्गबाट काठमाण्डौ आउँछु भन्दा सडकको दुरावस्थाका कारण नजान भनियो’ मादीले भने, ‘हामी बीच सडक सहितका अन्य यातायातको संचालन भरपर्दो नहुँदा हाम्रो प्रगतिमा बाधा पुगेको छ ।’

सार्क राष्ट्रबीचको सडक र रेल नेपालको दयनीय अवस्था प्रति दुःख प्रकट गर्दै मोदीले सबै सदस्य राष्ट्र बीच सडक संचालन जोडेर आवत जावत सहज बनाउनुपर्नेमा हामी सबै सार्क राष्ट्र एक जुट भएर लाग्नुपर्छ ।’ मोदीले जनचाहना अनुसार काम हुन नसकेको बताउँदै सार्कको कुरा गर्दा जहिले पनि शंकालु कुराहरु आउने गरेको बताए । अव शंकालाई आशामा बदलिनुपर्ने जनाए ।

मोदीले भन्नुभयो, ‘जल, स्थल र आकाश मार्गबाट पनि बलियो संजाल विस्तार गर्न हामी रुदै लागेका दक्षिण एसियाकै विकासमा फड्को मार्न सकिन्छ ।’

उद्घाटन सत्रमा बोल्दै बंगलादेशी प्रधानमन्त्री सेख हसिनाले शान्ति र विकासको बाधकको रुपमा रहेको गरिबी निवारणमा सार्कले काम गर्नुपर्नेमा जोड दिएकी छिन् । उनले गरिबी निवारणका लागि खाद्य तथा पोषण सुरक्षा निश्चित गर्नुपर्ने कुरामा विशेष जोड दिएकी छिन् ।

त्यसैगरी अफगानिस्तानका राष्ट्रपति मोहम्मद असफर घानीले राजनीतिक र आर्थिक रुपमा यस क्षेत्रका जनतालाई सबल बनाउन यस क्षेत्रको ऊर्जाको श्रोतको सदुपयोग गर्न सामुहिक प्रयास गर्नुपर्नेमा जोड दिए ।

श्रीलंका राष्ट्रपति महेन्द्रा राजापक्षेले आतंकवाद क्षेत्रीय र अन्तर्राष्ट्रिय रुपमै एक प्रमुख सुरक्षा चुनौती रहेको बताएका छन् । १८ औं शिखर सम्मेलनको उद्घाटन सत्रमा आफ्नो मन्तव्य राख्दै उनले कट्टरपन्थी विचार र गलत एजेन्डा बोक्नहरुबाट यस क्षेत्रको सुरक्षा व्यवस्था चुनौती रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा बोल्दै पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले सार्कलाई अझ विस्तार बनाउनका लागि चीनलाई समावेश गर्नुपर्ने बताएका छन् । उनले जनताको शान्ति, प्रगति र समृद्धिको चाहनालाई सार्कले उच्च प्राथमिकतामा राख्नुपर्ने बताएको छ ।

काठमाण्डौ स्थित राष्ट्रिय सभा गृहमा १८औं सार्क शिखर सम्मेलनको औपचारिक उद्घाटन प्रधानमन्त्री सुशील कोइरालाले पानसमा बत्ती बालेर गरे । उनले सार्क राष्ट्र प्रमुखहरुलाई स्वागत गरेका छन् ।