१८औं दिन तोडियो तिवारीको अनशन, स्वास्थ्य मन्त्रीले भने, ‘एक महिना भित्र उहाँका सवै माग पुरा हुन्छ’

अस्पतालमा भर्ना एक बालिकावाट जुस खाएर आनशन तोडदै गजेन्द्रवादी नेता विकास तिवारी ।
अस्पतालमा भर्ना एक बालिकावाट जुस खाएर आनशन तोडदै गजेन्द्रवादी नेता विकास तिवारी ।

 

अस्पताल सुधारको माग सहित १८ दिन देखि आमरण अनशनमा रहेका नेपाल सदभावना पार्टि गजेन्द्रवादीका केन्द्रीय अध्यक्ष विकासकुमार तिवारीले शनिवार अन्ततः आनशन तोडेका छन् ।

राजविराज स्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा आनशनरत तिवारीका मागहरु जायज भएको भन्दै स्वास्थ्य मन्त्री गगनकुमार थापाले प्रतिवद्धता व्यक्त गरेपछि तिवारीले अनशन तोडेका हुन् । अस्पताल सँगै रहेको पोषण पुर्नस्थापना गृहमा उपचार गराई रहेकी बालिका निलमकुमारी महतोवाट जुस खाँदै तिवारीले अनशनको अन्त्य गरे ।

यस्तो छ सम्झौता (सम्झौता पत्र सहित)

1-11-21-3
दुवै पक्ष विच भएको सम्झौतामा गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालले प्रवाह गर्नु पर्ने सेवाहरु अनियमित, अुत्तरदायी तथा गुणस्तर हिन रहेको तथ्य आफुहरुले महशुस गरेको भनि उल्लेखित गरिएको छ । तिवारीले उठाएका मागहरु मध्यै मन्त्रालयले जिम्मेवार निकायको लापरवाहिका कारण अलपत्र अवस्थामा रहेको प्रसुति गृह निर्माण कार्य १५ दिन भित्र सुचारु गराउने, अञ्चल अस्पतालमा बाल रोग, मुटुरोग विषेशज्ञ लगायत जम्मै विषयका विषेशज्ञ चिकित्कहरुको परिपुर्ति १ महिना भित्र गरिने उल्लेख रहेको छ ।

यसैगरी अस्पतालका लागि खरिद गर्नुपर्ने डाईलाईसिस, सर्जरीका उपकरण, डिजिटल एक्सरे, एनालाईजर लगायतका सामग्रीहरु मन्त्रालयवाट सहजिकरण गरी अविलम्ब खरिद गरि सेवाग्राहीलाई सुधारको अनुभुति सहितको सेवा प्रवाह गरिने, तिवारीले उठाएका आर्थिक वर्ष ०७२÷०७३को विकास र साधारण शिर्षकको बजेट तथा जिन्सी सामग्रीहरुको विवरण सूचना उपलब्ध गराउने माग सम्बन्धमा ७ दिन भित्र कार्यान्वयन गराउने सम्झौता पत्रमा उल्लेख छ ।

यसैगरी अस्पतालमा भएको अनियमितता भ्रष्टाचार लगायत अस्पताल स्तरोन्नती र विशेषज्ञ अस्पतालको रुपमा विकास गर्न स्वास्थ्य मनत्रालय अन्तर्गतका विषेशज्ञको अध्यक्षतामा उच्चस्तरिय छानविन समिति ७ दिन भित्र गठन गरी छानविन प्रक्रिया थालिने समेत सम्झौता भएको छ ।

त्यस्तै स्थानिय स्तरमा अस्पतालको सरसफाई, बेड, विरामीको खाना, नास्ता, फलफुल, कर्मचारीको उपस्थिती, विरामीले पाउने औषधि तथा अन्य सेवाको सन्दर्भमा जिल्ला प्रशासन कार्यालयको अधिकृत स्तरको टोलीले ७ दिनमा एक पटक अनुगमन गर्ने व्यवस्था मिलाउने भनि सम्झौता पत्रमा उल्लेख गरीएको छ ।

त्यस्तै अस्पतालको सेवा सुविधा प्रभावकारी वनाउन अस्पतालले दिने सेवा सुविधा वारे अस्पताल परिसर भित्र कम्तीमा ५ वटा नागरिक वडा पत्र राख्नु पर्ने, तथा यस सम्बन्धी नियमित सुचना स्थानिय सञ्चार माध्यमवाट समेत प्रवाह गराउनु पर्ने लगायतका सम्झौताहरु भएको छ ।

स्वास्थ्य मन्त्री थापाको उपस्थितीमा स्वास्थ्य मन्त्रालयका नीति योजना तथा अनतरराष्ट्रिय सहयोग महाशाखाका प्रमुख भोगेन्द्रराज डोटेल र अनशनकारी तिवारीका तर्फवाट रहेका पाँच सदस्यीय वार्ता टोली विच विभिन्न ४ बुँदे सहमति पछि आनशन तोडिएको हो । तिवारीका तर्फवाट अधिवक्ता अशोककुमार चौधरी, बरिष्ठ पत्रकार विष्णुकुमार मण्डल, सदभावना पार्टीका केन्द्रीय नेता दिपेन्द्र चौधरी र तिवारीका निकटस्थ मानिने जागेश्वर यादव र कुवेर कुमार यादव रहेका थिए ।