१३ वुँदे घोषणा पत्र जारी गर्दै हरुवा चरुवाको सम्मेलन सकियो

2राजविराजमा मङ्गलवारदेखि सुरु भएको हरुवा चरुवा अधिकार मञ्चको प्रथम राष्ट्रिय सम्मेलन १३ बुँदे घोषणा पत्र जारी गर्दै बुधवार सम्पन्न भएको छ ।

क्षतिपुर्तिसहित हरुवा चरुवा मुक्तिको घोषणा, परिवारको संख्याको आधारमा जग्गासहित पुनस्र्थापना, पुनस्र्थापना आयोगमा महिला प्रतिनिधित्वको ग्यारेन्टी र स्थानिय निकायमा हरुवा चरुवाको प्रतिनिधित्वको सुनिश्चितताको लागि घोषणा पत्रमा माग गरिएको छ ।

यसैगरी, हरुवा चरुवामाथि भईरहेको उठिवासको घटना बन्द गरि ऋणको खारिजी, आयआर्जनका लागि उद्यमी तालिम, अल्पकालिन तथा दिर्घकालिन अनुदानको व्यवस्था, स्वास्थ्य सेवामा पहुँचको व्यवस्था, शौचालयका लागि अनुदान र हरुवा चरुवाहरुको मानव अधिकारको सम्मानका लागि माग गरिएको छ ।

सम्मेलनले सप्तरीका दशन मण्डलको अध्यक्षतामा १५ सदस्यीय केन्द्रिय समिती समेत गठन गरेको छ । समितीका उपाध्यक्षमा धनुषाका श्रीप्रसाद सदा, सुनसरीका नागेन्द्र राम, महासचिवमा रासलाल राम, सचिवमा नन्दन राम, कोषाध्यक्षमा राजवति मण्डलको चयन गरिएको छ । सदस्यीयहरुमा लागेन्द्र सदा, रामचन्द्र सदा, मनवृद्धि उराव, रामेश्वर महरा लगायत रहेका छन् ।