ह्यारी नेपाल आउँदै

heri-बेलायती राजकुमार ह्यारी अर्को महिना नेपाल आउने भएका छन् । उनी नेपाल आउनेबारे यसअघि नै घोषणा गरिएपनि मिति भने आज तय गरिएको हो ।

किङ्सटन प्यालेसले जारी गरेको विज्ञप्तिअनुसार राजकुमार ह्यारीले मार्च तेस्रो साता अर्थात चैत सातदेखि दस गतेसम्म नेपालको भ्रमण गर्ने छन् । यहाँ रहँदा उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने, भूकम्प पीडितलाई भेट्ने र पोखरास्थित ब्रिटिस गोर्खा क्याम्पको भ्रमण गर्ने जनाइएको छ ।

उनी एक राष्ट्रिय निकुञ्जको भ्रमणसहित पदयात्रामा पनि जाने बताइएको छ । विज्ञप्तिमा नेपाल भ्रमण गर्ने अरुले जस्तै राजकुमार ह्यारी पनि प्राकृतिक सुन्दरताको आनन्द लिन उत्सुक रहेको’ उल्लेख छ ।