स्वर्गीय सिंहको जन्मजयन्ति मनाईयो, एकजुट भई अघि बढ्नुको विकल्प नरहेको नेताहरुको दाबी

सद्भावना पार्टीका संस्थापक राष्ट्रिय अध्यक्ष स्वर्गीय गजेन्द्र नारायण सिंहको जन्मजयन्तीमा शनिवार राजविराजमा  नेताहरु ।
सद्भावना पार्टीका संस्थापक राष्ट्रिय अध्यक्ष स्वर्गीय गजेन्द्र नारायण सिंहको जन्मजयन्तीमा शनिवार राजविराजमा नेताहरु ।
मधेशको अधिकार प्राप्तिका लागि मधेशवादी दलहरु एकजुट भई अघि बढ्नुको विकल्प नरहेको शनिवार राजविराजमा आयोजित कार्यक्रमका वक्ताहरुले जोड छन् ।
नेपाल सद्भावना पार्टीको संस्थापक अध्यक्ष स्वर्गीय गजेन्द्र नारायण सिंहको जन्मजयन्तीका अवसरमा पार्टीको सप्तरी जिल्ला कमिटीद्वारा आयोजित “नेपाल सद्भावना पार्टीको २५ वर्ष तथा मधेशवादी राजनिति” विषयक विचार गोष्ठीमा उनीहरुले यस्तो बताएका हुन् । कार्यक्रमका प्रमुख अतिथी पार्टीका राष्ट्रिय अध्यक्ष अनिलकुमार झाले स्वर्गीय गजेन्द्र नारायण सिंहले काठमाण्डौँको अधिकार विकेन्द्रिकरणका लागि पञ्चायत कालमै संघिय शासन व्यवस्था माग गरेको बताए ।
अहिले उक्त विचार नै सवै मधेशवादी दलका लागि मूलमन्त्र झै भएको छ– पूर्व मन्त्री समेत रहेका झाले भने– सत्ताधारी दलहरु मधेशलाई अधिकार दिने पक्षमा नरहेकोले एकजुट भएर आन्दोलनमा उत्रनुको विकल्प छैन ।
मैथिल महासंघ, नेपालका केन्द्रिय अध्यक्ष विष्णुकुमार मण्डलले मधेशवादी दल सत्ताकै लागि बारम्वार फुट्नाले मधेशले अधिकार नपाएको टिप्पणी गरे । उनले सत्ता त्यागेर अधिकारका लागि एकजुट भई लागे मात्र स्वर्गीय सिंहप्रति सच्चा श्रद्धाञ्जली हुने बताए । पार्टीका केन्द्रिय सदस्य श्रीमननारायण मिश्रले सद्भावना पार्टी स्थापना भएपछि १८ लाख मधेशीले नागरिकता, आरक्षण र जनसंख्याको आधारमा प्रतिनिधित्वको शुरुवात भएको प्रष्ट पारे ।
नेपाल सद्भावना पार्टीका पूर्व जिल्ला अध्यक्ष सुवि यादवको अध्यक्षतामा आयोजित विचार गोष्ठीमा पार्टीका केन्द्रिय सदस्यहरु शिब पटेल, सुरेश कुमार सिंह, दिपेन्द्र कुमार चौधरी, जागेश्वर राय, सुनिल कुमार रोहित, दशरथ यादव, विशेश्वर रजक, जयप्रकाश सिंह, मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका जिल्ला अध्यक्ष सत्यनारायण यादव, प्रेस काउन्सिल सदस्य मुरली प्रसाद यादव, चन्द्रशेखर झा, अमरनाथ मण्डल, विद्यार्थी मञ्चका केन्द्रिय अध्यक्ष किशोरकुमार यादव, वरिष्ठ पत्रकार शिवहरि प्रसाद भट्टराई, अधिकारकर्मी जंगबहादुर सिंह, महिला अधिकारकर्मी आभासेतु सिंह, पार्टीका जिल्ला उपाध्यक्ष मुक्ति नाथ यादव लगायतले पनि बोलेका थिए । सोही कार्यक्रममा स्व. सिंहका सहकर्मी ९१ वर्षिय गुणानन्द चौधरीलाई सम्मानित गरिएको थियो । उक्त कार्यक्रमको सञ्चालन मनोज झाले गरेका थिए ।