स्थानीय निकायको निर्वाचनको टुङ्गो लगाउँदै राष्ट्रिय सहमतिको सरकार : उपसभापति पौडेल

Ram Chandra Poudelनेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले अब बन्ने राष्ट्रिय सरकारको नेतृत्व काँग्रेसले नै गर्ने बताएका छन् ।पवित्र तीर्थस्थल देवघाटधाममा रहेका आश्रम, मन्दिर र घरहरूको भूकम्पपछिको अवस्थाका बारेमा निरीक्षणपछि आज देवघाटमा पत्रकारसँग कुरा गर्दै उपसभापति पौडेलले संविधान र स्थानीय निकायको निर्वाचनको टुङ्गो लगाउँदै राष्ट्रिय सहमतिको सरकार बन्नुपर्ने बताए ।जनताले ठूलो पार्टीका रुपमा काँग्रेसलाई जनादेश दिएको भन्दै उनले सरकारको नेतृत्व पनि काँग्रेसले नै गर्ने बताए ।
भूकम्पपछि भएको क्षतिको मापन गरी पुनःनिर्माणका लागि शक्तिशाली प्राधिकरण बनाउनुपर्ने उपसाभापति पौडेलको भनाइ थियो ।उनले भने, “सरोकारवाला मन्त्रालय र निकायको प्रतिनिधित्व हुने गरी प्राधिकरण बन्नुपर्छ जसले पुनःनिर्माणका सबै काम गर्न सकोस् ।”सो अवसरमा नेता पौडेललाई देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठले भूकम्पका कारण देवघाटमा भएको क्षतिको विषयमा जानकारी गराएका थिए ।