सेवाग्राहीसँग ९ हजार ४ सय २ रुपैया घुस लिने चौधरी पक्राउ, कार्यकारी अधिकृत गुरुङ्गको मिलिभगतमा गैर कर्मचारी प्रयोग गरिएको प्रहरीको खुलासा

कार्यकारी अधिकृत विष्णु प्रसाद गुरुङ्ग
कार्यकारी अधिकृत विष्णु प्रसाद गुरुङ्ग

कर्मचारी नभएपनि दाजु कर्मचारीको कुर्सीमा बसेर सेवाग्राहीसँग घुस लिदा लिदै रंगेहात पक्राउ परेका राजविराज ७ निवासी प्रकाश चौधरी नगरपालिकाका कार्यकारी अधिकृत विष्णु प्रसाद गुरुङ्ग र दाजु (कर्मचारी) लोकेन्द्र चौधरी कै मिलोमतोमा सेवाग्राहीहरु सँग घुस लिने गरेको खुलासा भएको छ ।
सोमबार सेवाग्राहीहरु सँग घुस लिदा लिदै पक्राउ परी प्रहरी नियन्त्रणमा रहेको चौधरीले बुधवार प्रहरी समक्ष दिएको बयानको क्रममा सो खुलासा गरेका हुन् ।
पक्राउ परेका चौधरी नगरपालिकाको कर्मचारी नभएपनि विगत १ महिना देखि कर्मचारी दाजु लोकेन्दं् चैधरीको सटा फाटमा बसेर काम गर्दै आएका थिए । उनका दाजु लोकेन्द्र चौधरी सो नगरपालिकाका पंजीकाधिकारी फाटका प्रमुख हुन ।
दाजुको अनुपस्थितिमा लामो सयम देखि प्रकाशलाई कार्यकारी अधिकृत गुरुङ्ग र दाजु लोकेन्द्र चौधरीको मिली भगतमा सो फाटमा राखिउको खुलेको छ ।
सेवाग्राहीसँग घुस लिएको ९ हजार ४ सय २ रुपैया सहित पक्राउ परेका चौधरी माथि ठगी मुदा अन्तर्गत कारवाही प्रकृया थालिएको प्रहरी नायव निरिक्षक टेक नारायण चौधरीले बताए ।
बयानको क्रममा चौधरीलाई उनकै दाजु लोकेन्द्र र कार्यकारी अधिकृत गुरुङ्गको मिली भगतमा राखिएको खुलेको छ ।  प्रनानी चौधरीले भने, अनुसन्धान जारी छ दोष प्रमाणीत भए कार्यकारी अधिकृत गुरुङ्ग र पञ्जिकाअधिकारी फाटका प्रमुख चौधरीलाई पनि कानुनी दायरामा ल्याईने छ । यसबारे कार्यकारी अधिकृत गुरुङ्गसँग जिज्ञासा राख्दा उनले यस समवन्धमा मिडियालाई अहिले केही बताउन चाहेन ।