सेनाको टोली र चिकित्सक बाढी पीडित गाउँमा

nepal armyबाढीले पुल बगाएपछि सडक सम्पर्कबाट टाढिएर कष्टकर जिवन बिताउन बाध्य सप्तरीको को. बरसाइन र रम्पुरा मल्हनियाका दलित बस्तिमा सेनाले राहत सामाग्रि बितरण गरेको छ । सेनाले डुङ्गा मार्फत राहत सामाग्रि लिएर बाढी पीडितको गाउँमै पुगि शनिबार पीडितलाई राहत बितरण गरेको हो ।

सैनिक श्रीमती संघ (नेपाली सेना) को सहयोग र कृष्ण दल गण राजविराजको संयोजनमा २ सय ५० बाढी पीडित परिवारलाई १८ नं. बाहिनीका बाहिनीपति एवं सहायक रथि सुवर्ण बहादुर शाह र कृष्ण दलका गणपति भुवनेश्वर आचार्यले राहत सामाग्रि बितरण गरेका थिए ।

बाढी पीडितहरुलाई पति परिवार एक थान मन्डी, ५ केजी च्युरा, २ केजी दालमोट, १ केजी सखर, १० प्याकेट जिवनजल र लत्ताकपडा गरि करिब १५ लाख मुल्य बराबरको राहत सामाग्रि बितरण गरिएको गणपति आचार्यले जानकारी दिए ।

बाढी पीडितको जिवन सहज होस् भन्ने उद्देश्यले राहत बितरण गरिएको गणतपति आचार्यको भनाई थियो । यता डुङ्गा चढेर भए पनि सेनाले गाउँमै आएर राहत उपलब्ध गराइदिएकोमा स्थानिय बासिन्दा हर्षित भएका छन् ।

 चिकित्सक र स्वास्थ्यकर्मीद्वारा पनि बाढी पीडितलाई सहयोग

……………………………………………………………………………………..
बाढीका कारण कष्टकर जिवन बिताउन बाध्य सकरपुरा गाविसका चार सय परिवारले शनिबार तत्कालिन राहत प्राप्त गरेका छन् । स्थानिय गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरुले संयुक्त रुपमा राहत बितरण कार्यक्रमको आयोजना गरि दुई लाख मुल्य बराबरको खाद्यान्न सामाग्रि बाढी पीडितलाई बितरण गरेको हो ।

doctors temमानविय संवेदनशिलतालाई ख्याल गर्दै बाढी पीडितहरुको तत्कालिन राहतका लागि सामान्य सहयोग जुटाइएको डा. टेक नारायण मण्डलको भनाई थियो । सो अस्पतालमा कार्यरत डा. दिप यादव, डा. अमित साह, डा. सरोज यादव, डा. सुनिल सिंह तथा स्वास्थ्यकर्मी र कर्मचारीको सहयोगमा बाढी पीडित प्रति परिवारलाई च्युरा २ केजी, भुजा २ केजी, चामल २ केजी, खाने तेल १ प्याकेट, नुन एक प्याकेट, चाउचाउ २ प्याकेट र बिस्कुट २ प्याकेटका दरले राहत बितरण गरिएको थियो ।