सिरहामा भएको आक्रमणमा दुई सुरक्षाकर्मी घाईते

fn_herstal_57mmअज्ञात समुहले आईतबार गरेको गोली प्रहारबाट सिरहामा दुई सुरक्षाकर्मी गम्भीर घाईते भएका छन्  । कल्याणपुर सिथत चिकना भेडियामा स ५ प ९२३९ नं. को मोटरसाईकलमा आएका हतियारधारी समुहले ड्युटीमा रहेका प्रहरी जवान मायाराम यादव र म्यादी प्रहरी आदर्श कुँवर माथि गरेको आक्रमणमा परी ती दुबै घाइते भएका हुन् ।

घाइतेमध्ये यादवलाई नेपाली सेनाको हेलिकोप्टरबाट उपचारकालागि काठमाण्डौं लगिएको र कुँवरको सिरहाको कर्जन्हास्थित फुलकुमारी मेमोरियल हस्पिटलमा उपचार भईरहेको सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालयका एसपी गोपाल गुरुंगले जानकारी दिएका छन् । आक्रमणकारीको खोजतलासका क्रममा उनीहरुले प्रयोग गरेको मोटरसाईकल धनुषाको पटेर्वाबाट बरामद भरपनि आक्रमणकारी भने फरार भएको गुरुंगले जानकारी दिएका छन् ।“