सिडियो-एसपीसहित सबै अफिसमा मधेसी मोर्चाले गाड्यो कालो झण्डा

2सङ्घीय गठबन्धनको पूर्व घोषित विरोध कार्यक्रम अनुसार शुक्रवार सप्तरीसहित देशैभरीका सरकारी कार्यालयहरुमा कालो झण्डा गाडेका छन् । सोही क्रममा सप्तरीस्थित सिडियो, एसपी, एसएसपी सहितका सबै सरकारी कार्यालयहरुमा मधेसी मोर्चाले कालो झण्डा गाडेका हुन् ।

संघीय गठबन्धनको केन्द्रिय घोषित कार्यक्रम अन्तर्गत ज्येष्ठ 0१ गते देखि काठमांडू जाऊ, सिंहदरबार घेरो  भन्ने नाराको साथ मधेससहित देशभरिकै सरकारी कार्यालयहरुमा  कालो झण्डा गाडिएको गठबन्धनले जनाएको छ ।

मोर्चाका संयोजक गजेन्द्र कुमार मण्डलको नेतृत्वमा केन्द्रीय सदस्य, जिल्ला अध्यक्षसहित सयौं कार्यकर्ताहरुले नाराबाजी गर्दै करिब १०.४५ बजेको समयमा जिल्ला प्रशासन कार्यालयको मूल गेटमा कालो झण्डा गाडेका छन् ।

2 (1)कालो झण्डा झुण्ड्याउने क्रममा जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयमा सुरक्षाकर्मीहरुले अवरोध पुर्याएपनि त्यसलाई छिचोल्दो मोर्चा नेता तथा कार्यकर्ताहरुले झण्डा गाडेका थिए । मोर्चाका सप्तरी संयोजक मण्डलले सुरक्षा निकायबाहेक जिल्ला विकास समिति, जनस्वास्थ्य, जिल्ला खानेपानी, शिक्षा, विधुत, नापी, कृषि, भू–संरक्षण, मालपोतसहितमा कालो झण्डा झुण्डयाएको हो ।

विरोध कार्यक्रममा संघीय समाजवादी फोरम नेपालका राजनीतिक समिति सदस्य शैलेन्द्र प्रसाद साह, सद्भावना पार्टीका केन्द्रीय सदस्यद्वय दिनेश यादव, दिपेन्द्र प्र्र्र्रसाद चौधरीसहित पार्टीका जिल्ला अध्यक्षहरुको सहभागिता रहेको थियो । यता सरकारी कार्यालयहरुमा भने सुरक्षा अवस्था भने कडा पारिएको छ ।