सिचाईमन्त्रीले गरे बाराको भोडहा गाविसलाई सिचित क्षेत्र घोषणा

IMG-20160229-WA0045कृषि तथा सिचाई मन्त्री उमेश यादवले बाराको भोडहा गाविसलाई आज सिचित क्षेत्र घोषणा गरे सँगै यहाँका किसानहरु क्षणिक मुहारमा खुशी झल्किए पनि यसले दीर्घरुपमा दुख दिने बताउँदै दुखित भएका छन ।

सिचाई मन्त्री यादवको घोषणाले भोडहा गाविसका किसानहरु खुशी भएपनि सिचाईका लागि आवश्यक पूर्वाधार र सुविधा नहुँदा उनीहरु थप चिन्तित भएका छन । मन्त्री यादवले सिचित क्षेत्र त घोषणा गरे तर यो कागजमा मात्र सिमित हुने हुन कि भनेर किसानहरु चिन्तित बनेका हुन ।

उनीहरु मन्त्री यादवले महत्काँक्षी योजना सहित भोडहा गाविसलाई सिचित क्षेत्र घोषणा गरेको आरोप लगाएका छन । सिचित क्षेत्र बनाउन सो गाविसमा धेरै टयूबवेल जडान गर्नुका साथै विधुतीय लाइन जडान गर्न किसानहरुले माँग गरेका छन । सिचाईको अवस्था दयनीय रहेको किसानहरुले गुनासो गरेका छन । सिचाई मन्त्री यादवले रौतहटको बागमती नहरको पानी सिचाईका लागि बारासम्म पु¥याउने केन्द्रिय टोली भोलि नै अनुगमन तथा निरीक्षणको लागि आउने मन्त्री यादवले बताए ।

अझै पनि भोडहाका किसानहरु आकाशे पानीको भरमा खेती गर्दै आएका छन । सिचाईका लागि पानीको अभाव भएकै कारण यहाँका किसानहरुले बढी मात्रामा उखु खेती गर्दै आएका छन । धान, मकै र गहुँ मुख्य बालीको रुपमा खेती गर्दै आएका कुल चार सय ९२ हेक्टर जमीन मध्ये तीन सय १३ हेक्टर जमिन सिचित रहेको दावी गर्दै मन्त्री यादवले भोडहा गाविसलाई सिचित क्षेत्र घोषणा गर्दा त्यहाँका किसानहरुलाई सिचाईका लागि चाहिने खोला, बाँध, कुलो सुक्दा चिन्तित बनेका मधुसुधन वाग्लेले बताएका छन ।

बारा जिल्ला कृषि क्षेत्रमा नेपालकै तेश्रो पकेट क्षेत्रको रुपमा पहिचान बनाउन सफल भएपनि पंचायती व्यवस्था देखि आजसम्म कुनै पनि किसिमको कृषि क्रान्ति ल्याउने योजना यस जिल्लामा आउन नसकेको किसानहरुले गुनासो गरेका छन । देशले काँचुली फेर्यो, राणाशाहीबाट पंचायती व्यवस्था हुदै प्रजातन्त्र र गणतन्त्रसम्मको यात्रा देशले पूरा गरे पनि हामी किसानहरुको जीवनमा यसले कुनै किसीमको परिवर्तन ल्याउन नसकेको किसान वाग्लेले गुनासो गरे।

मन्त्रीहरु आउने र किसानहरुलाई आवश्वासन बाँडेर जाने नियति पहिला देखि नै चल्दै आएको हो कतै यादवको आसवाशन पनि कागजमै त सिमित हुने होइन भनी किसानहरु चिन्तित बनेका छन । उनीहरु आशा भन्दा पनि निराश नै बढी देखिएका छन ।

क्रान्तिकारी पत्रकार संघ प्रदेश नम्बर २ ले सोमवार वीरगञ्जको होटल भिस्वामा आयोजित पत्रकार सम्मेलनमा मन्त्री  यादवले आफू मन्त्री भएको समयमा सिंचाईतर्फ घोषित कार्यक्रमहरु जेष्ठ मसान्तसम्ममा कार्यान्वयन गराएरै छाड्ने प्रतिवद्धता व्यक्त गरेका छन् । सिंचाईकोलागि पूर्वाधार कार्यक्रमको घोषणासहित कार्यान्वयन गर्ने बताएका हुन् । उनले भूमिगत जलस्रोतलाई उपयोग गरी खेतीयोग्य जमिनलाई प्रयोगमा ल्याउन २ नम्बर प्रदेशमा कार्यक्रमको घोषणा गरिएको र कार्यान्वयनमा खरो रुपले उतार्ने पत्रकारहरुसामु प्रतिवद्धता व्यक्त गरे ।
क्रान्तिकारी पत्रकार संघ २ नम्बर प्रदेशका सह–संयोजक कृष्ण उदास खनालको अध्यक्षतामा भएको कार्यक्रममा एमाओवादी प्रदेश नम्बर २ का सचिव क्षेत्र बहादुर श्रेष्ठ अनिल, पर्साका अध्यक्ष बाबुराम कौशिक, उपाध्यक्ष रामदरस कुश्वाहा, शम्भुपाल, क्षेत्रीय सिंचाई डिभिजन कार्यालयका प्रमुख राजेन्द्र अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन क्रान्तिकारी पत्रकार संघ पर्साका उपाध्यक्ष राधेश्याम पटेलले गरे । पत्रकार सम्मेलन पछि मन्त्री यादव पर्साको विजवनियामा पूर्ण सिंचाई क्षेत्र घोषणा कार्यक्रममा सहभागी भएका छन् ।