सिके र सशस्त्र समुह बीच धमाधम वार्ता

डा. सिके राउत
डा. सिके राउत

केही दिन अगाडी मात्र जेलबाट रिहा भएका मधेशी युवा वैज्ञानिक डा. सिके राउत (चन्द्रकान्त) हालै तराईका अधिकांश जिल्लामा कार्यकर्ता सम्मेलन र भेटघाट गरिसकेका छन् । विराटनगर र झापाको कार्यक्रमपछि राउतको देश दौडहा कार्यक्रमको समापन हुनेछ । मधेशका प्रमुख शहरहरुमा जनसभा, स्थानीय बजार र हटियाहरुमा कोण सभा मार्फत मधेश स्वराजको विकल्प नभएको बताएका छन् ।

स्वतन्त्र मधेश गठबन्धनका संयोजक सिके राउत र सशस्त्र समुहका नेताहरु बीचको कनेक्सन पनि उत्तिकै चर्चामा रहेका छन् । जयकृष्ण गोइत, ज्वाला सिंह र राजनप्रताप बीचको सिके सम्बन्ध नजिकै छ । तराईका सशस्त्र समुहका नेताहरु सित बेलाबखत सिकेको टेलिफोन वार्ता नभएको होइन । तर हालको संविधान सभाबाट मधेशी समुदायलाई कुनै अधिकार प्राप्त नहुने निश्चित भएको कुरा मधेशी मोर्चामा आवद्ध नेताहरु वा मोर्चा बाहिर रहेका मधेशी नेता तथा बुद्धिजिवीहरुले बताएपछि पुनः दोश्रो मधेश आन्दोलन हुने खतरा बढेर गएको छ ।

जयकृष्ण गोइत
जयकृष्ण गोइत

तराईमा राजनीतिक सरगर्मी बढिरहेका बेला तराईको पहिलो सशस्त्रक्रान्तिका नायक स्वतन्त्र तराई मुलुकका लागि सशस्त्र अभियन्ता जयकृष्ण गोइत र मधेश स्वराजको लागि सकृय अहिंसात्मक आन्दोलनका अगुवा युवा नेता सिके राउत बीच यसै साता नेपालको सीमानासँग जोडिएको भारतीय जिल्लाको अज्ञात स्थलमा लामो भेटघाट भएको छ । गोइत र राउत दुवै सप्तरीबासी हुन् । जतिबेला गोइत सकृय राजनैतिकमा थिए, त्यतिबेला राउत विद्यार्थी । गोइत र राउतको उद्देश्य एउटै भएपनि धार भने फरक रहेका छन् । विगत एक दशक गोइत सशस्त्र आन्दोलन मार्फत छुट्टै तराई देशको क्रियाशील छन् । तराईलाई नेपालबाट अलग गर्नका लागि गोइतले बन्दुक उठाएका हुन् । भने राउत निःसशस्त्र आन्दोलनको शंखनाद गरेका छन्, छुट्टै मधेश देशको लागि । राउतले गौतम बुद्ध, महात्मा गान्धी र नेलशन मण्डेलालाई आत्मसाथ गरेर आन्दोलनको शुरुवात गरेका छन् ।

ज्वालासिंह
ज्वालासिंह

गोइत र राउत बीच सहकार्य गर्ने विषयमा छलफल भएको छ । अखिल तराई मुक्ति मोर्चाका सर्वोच्च कमाण्डर गोइत समक्ष राउतले लिखित दस्तावेज अदान–प्रदान गरेको बुझिएको छ । राउतले तराई मुक्ति टाईगर्सका कमाण्डर राजन प्रताप, जनतान्त्रिक तराई मुक्ति मोर्चाका अध्यक्ष ज्वालासिंह सित समेत भेटवार्ता गरेका छन् । सशस्त्र समुहहरु एक ढिक्का भई सशक्त रुपमा देखिनुपर्ने राउतको माँग रहेको छ ।

भेटमा संविधान सभामा रहेका मधेशवादीहरुले मधेशको मुद्दा विर्सेकोमा दुवै नेताले दुःख व्यक्त गरेका छन् । सरकार र संविधान सभामा रहेका एमाओवादी, काँग्रेस र एमाले र राप्रपा नेपाल लगायतका ठुला दल तथा केही साना दल समेत मधेश र मधेशी समुदायको माग र मुद्दा प्रति गम्भिर नरहेको निष्कर्ष निकाल्दै आन्दोलनको विकल्प नरहेको बताएको छ ।

राजन प्रताप
राजन प्रताप

राउतले भने संविधान सभामा सहभागी सम्पूर्ण मधेशी सभासदहरुलाई संसद र काठमाण्डौ त्यागेर मधेश आन्दोलनमा लाग्न आग्रह गरेको छ । राउतले तराईबाट अविलम्ब नेपाली सेना र सशस्त्र प्रहरी हटाउन सरकार सित माग गरेको छ ।

राउतको आन्दोलनप्रति ज्वाला सिंह र राजनप्रतापले समेत ऐक्यवार्ता जनाउँदै हरेक प्रकारले सहयोग गर्ने बताएका छन् । छलफलमा आन्दोलनको लागि चाहिने घरेलु हतियार गोली बारुद्ध बारे एमाले र काँग्रेसका सभासदहरुले जिज्ञासा राखेको सहभागी एक सभासदले बताए । बैठकमा मधेश प्रतिको भारतीय विदेशी नीतिबारे समेत छलफल भएको छ ।

मधेशवादी दलका नेताहरुलाई मधेश विरोधी र गद्दारको संज्ञा दिएका छन् । बैठकमा पूर्वमन्त्री देखि निर्वाचित तराईका केही सभासदहरु पनि सहभागी थिए । निकट भविष्यमा हुने बैठकमा जेपी गुप्ता र अन्य केहीलाई समेटिने एक सहभागीले बताए ।