सिके राउतलाई रिहा गर्न अमेरिकाको निर्देशन, धरौटी रकम नतिर्दा राउत जेल चलान

प्रहरीले राउतलाई अदालतबाट डिल्लीबजार जेल लैजादै ।
प्रहरीले राउतलाई अदालतबाट डिल्लीबजार जेल लैजादै ।

अमेरिकामा मुख्यालय रहेको अन्तर्राष्ट्रिय अधिकारवादी संस्था ह्युमन राइट्स वाचले विश्व मानचित्रमा छिट्टै मधेसलाई नेपालबाट अलग्याउने अभियानमा सक्रिय चन्द्रकान्त (सिके) राउतमाथि लागेको देशद्रोहको अभियोग फिर्ता गर्न नेपाल सरकारलाई निर्देशन दिएको छ । अमेरिकाका राष्ट्रपति बाराक ओबाबाले समेत युएनको महासभामा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री सुशील कोइरालालाई समेत राउतलाई छाडि दिन भनेको श्रोतले बताएको छ ।

वाचले राउतको गिरफ्तारी स्वतन्त्र अभिव्यक्तिको उल्लंघन भएको समेत बताएको छ । शान्तिपूर्ण राजनीतिक अभिव्यक्ति दिने क्रममा उनीमाथि लागेको देशद्रोहको आरोप फिर्ता लिन र निःशर्त रिहाइ गर्न वाचले भनेको छ ।

सरकारले राज्यविरुद्धको अपराध र सजाय ऐन, २०४६ अन्तर्गत राउतलाई “नेपालको सार्वभौमसत्ता, अखण्डता राष्ट्रिय एकतामा खलल पु¥याउन खोजेको आरोपमा आजीवन कारावासको माग गर्दै अदालतमा मुद्दा चलाएको छ । उनले मधेसलाई नेपालबाट अलग गर्न लेखेका लेख किताबहरु फेला पारेको प्रहरीले जनाएको छ ।

“राउतले हिंसाको प्रयोग गरेको वा उनको कामले हिंसालाई भड्काउन खोजेको कुनै प्रमाण फेला नपरेको,” वाचले मंगलबार जारी गरेको विज्ञप्तिमा भनेको छ ।

“धेरै नेपालीले हालै सामन्ती संरचनाको अन्त्य र प्रजातान्त्रिक अधिकारको सुनिश्चितताका निम्ति संघर्Èरत छन्,” वाचका एसिया निर्देशक ब्राड एडम्सलाई विज्ञप्तिमा उदृत गरिएको छ,” अभिव्यक्ति स्वतन्त्रता प्रजातन्त्रको आधारस्तम्भ हो । तर सरकार तराईका सीमान्तकृत समुदायका चासो व्यक्त गर्ने कार्यकर्ता विरुद्ध गएको छ”

वाचले नेपाली राजनीतिक व्यक्तिहरु लामो समयदेखि उच्च पहाडी जातिका भएको उल्लेख गर्दै वाचले दश वर्Èको सशस्त्र द्वन्द्वपछि तराई लगायतका सीमान्तकृत समुदायलाई समावेश गर्ने गरी संविधान लेखनमा नेपाल सक्रिय भएको बताएको छ । भूपरिवेष्ठित नेपालको व्यापार नाकाको रुपमा रहेको भारतस“ग पूर्वदेखि पश्चिमसम्मको खुला सीमास“ग जोडिएको तराईको वृहत्तर स्वायतत्ताको वहस सुµ भएको भन्दै वाचले अमेकिाका पूर्व बासिन्दा राउतले स्वतन्त्र मधेस स्थापनामा लागेको समेत उल्लेख गरेको छ ।

यता राज्य विप्लपको मुद्दा खेपीरहेका सिके राउतलाई विशेÈ अदालतले धरौटीमा रिहा गर्न आदेश दिए पनि माग गरे बमोजिमको धरौटी रकम जम्मा गर्न नसकेपछि जेल चलान भएका छन् ।

विशेÈ अदालतले मंगलबार राउतलाई ५० हजार रुपैया धरौटीमा रिहा गर्न आदेश दिएको थियो । विशेÈ अदालत श्रोतले दिएको जानकारी अनुसार राज्य विप्लबको आरोपमा मुद्दा खेपीरहेको राउतले अदालतको माग अनुसारको धरौटी बुझाउन नसकेपछि डिल्लीबजार कारागार चलान गरिएको छ ।

एक हप्ता लामो बयान र बहस पश्चात विशेÈ अदालतका अध्यÔ न्यायाधीश मोहनरमण भट्टराई, न्यायाधीशद्वय भूपेन्द्रप्रसाद राई र नरेन्द्रकुमार सिवाकोटीको इजलासले राउतस“ग धरौटी मागेको थियो ।

छुट्टै मधेश देशको माग गर्दै आईरहेका राउत तराईमा देश टुक्राउने गतिविधि गरेको आरोपमा मोरंगको रंगेलीबाट भदौ २८ गते पक्राउ परेका राउतविरुद्ध राज्यविप्लवको मुद्दा दायर भएको थियो । अदालतमा बयान दिनक्रममा राउतले आफ्नो भनाई फेर्दै मधेसलाई अलग राष्ट्र बनाउने अभियानमा नलागेको जवाफ दिएका थिए ।

सरकारले उनी विरुद्ध राज्य विप्लवको आरोप लगाउ“दै जन्म कैदको माग गर्दै मुद्दा दायर गरेको छ । राउत धरौटीमा रिहा भएपछि मुद्दाको अन्तिम किनारा लाग्न केही समय लाग्ने निश्चित छ । राउत धरौटी बुझाएपनि उनलाई प्रहरीले पुनः पक्राउ गर्ने श्रोतले बताएको छ । राउत माथि मोरंग प्रहरीले सार्वजनिक अपराध मुद्दा अन्तर्गत मोरंग जिल्ला प्रशासनमा मुद्दा दायर गरेको छ । राउत पक्राउ परेपछि सामाजिक संजाल फेसबुक र ट्विटरमा सरकारको व्यापक आलोचना हुँदै आईरहेको छ भने तराईका विभिन्न जिल्लाहरुमा राउतको रिहाईको माग गर्दै प्रदर्शन भईरहेका छन् । राउत संस्थापक अध्यक्ष रहेको गैरअवासीय मधेशी संघले समेत विदेशमा राउतको रिहाईको लागि कुटनितिक पहल गर्र्दै आईरहेको छ ।