सामुहिक शब यात्रा, आजै अन्त्यष्टि

sab yatra-12 mansirशनिबार प्रहरीको गोलीबाट ज्यान गुमाएका तीनजना सहित चारजनाको शनिबार शवयात्रा निकालिएको छ ।

शब यात्रामा संयूक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरु संघिय सामाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादब, सदभावना अध्यक्ष राजेन्द्र महतो, तराई मधेश सदभावना पार्टीका अध्यक्ष महेन्द्र राइ यादब र तमलोपाका केन्द्रिय सदस्य जयप्रकाश ठाकुर सहभागी छन् । मृतकको शरीरमा मोर्चाका शिर्ष नेताहरुले पार्टीको झण्डा औढाएका छन ।
हजारौको सख्यामा सर्वसाधारण, राजनीतिक दलका कार्यकर्ताहरु स्थानिय ब्यापारी शब यात्रामा सहभागी भएका छन ।

भारदह सदरमुकाम राजबिराज र सिरहाको लहान सम्म शवयात्रा निकालेर चारैजनाको आजै वेलुकी सप्तकोशी नदीमा सामुहीक दाहसंस्कार गर्ने मधेशी मोर्चा सप्तरीले जनाएको छ ।sab,4

राजविराज नपा १ का ३८ वर्षीय दिलिप साह, जमुनी मधेपुरा गाविस ९ छपकीका २८ वर्षीय नागेश्वर यादव, डाढा ५ का २२ वर्षीय वीरेन्द्र राम र आन्दोलनकै क्रममा करेन्ट लागेर मृत्यु भएका जमुनी मधेपुरा ३ का शिवशंकर दासको शनिवार शवयात्रा गरी दाहसंस्कार गर्न लगिएको हो ।

SAM_2208मोर्चाको पूर्वघोषित कार्यक्रम अनुसार राजमार्ग अवरुद्ध गर्ने क्रममा प्रहरीको गोली लागेर मंसिर ५ गते रुपनीमा यादवको र भारदहमा रामको घटनास्थलमै ज्यान गएको थियो ।

यस्तै मंसिर ६ गते अपरान्ह आफ्नै घरको छतमा बसिरहेको समयमा प्रहरीले चलाएको गोली लागेर साहको र आन्दोलनको क्रममा प्रहरीले लखेटेपछि करेन्ट लागेर दासको मृत्यु भएको थियो ।

स्थानीय प्रशासनले मृतकका परिवारलाई राहात उपलब्ध गराउने निर्णयपछि मृतकहरुको शव बुझ्दै अन्तिम संस्कारका लागि मधेसी मोर्चा तयार भएको छ । मधेशी मोर्चा सप्तरीका संयोजक सुनिलकुमार झाको नेतृत्वमा शवहरुको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोष्टमार्टम पश्चात सप्तरी ल्याइएको हो ।