साना-तिना योजना नवनाउन सिंचाई मन्त्री यादवको कड़ा निर्देशन

DSCF0501सरकारका सिंचाई मन्त्री उमेशकुमार यादवले विहिवार सिंचाई मन्त्रालय अन्तर्गत २ नम्वर प्रदेशका कार्यालय प्रमुखहरुलाई सिंचाई सुविधा चुस्तदुरुस्त वनाउन र उपलब्धी मुलक योजनाहरु वनाउन निर्देशन दिएका छन् ।

सर्लाहीको हरीवनमा आयोजित कार्यलयप्रमुखहरुको भेलालाई सम्वोधन गर्दै मन्त्री यादवले सधै अभाव, दुःख र सास्ति ब्यहोरीरहेका जनतालाई राहत दिन एक लाखे कार्यक्रम भन्दा पनि दिर्घकालिन उपलब्धि हुने कार्यक्र पेश गर्न निर्देशन दिएका हुन् । कर्मचारीले योजना पेश गर्दा चुनावी कार्यक्रम जस्तो वनाउने गरेकाले उपलब्धि मुलक हुन नसकेको भन्दै यादवले भने–”एक लाखे टुक्रे कार्यक्रम नेताहरुले चुनाव जित्नका लागि गर्ने हो त्यो हामी गरौला । तपाईहरु सिंचाईको क्षेत्रका वैज्ञानिक हुनुहुन्छ, त्यो विद्धता अव जनताको भलाईका लागि प्रयोग गर्नुपर्छ । उनले १-२ लाखका टुक्रे कार्यक्रम तत्काल सुरु गरेर तत्काल जनतालाई देखाउनका लागि उपयुक्त भएपनि दिर्घकालिन र उपलब्धि मुलक नहुने भन्दै दिर्घकालिन र एकमुष्ट योजना पेश गर्न आग्रह गरे ।”

कार्यालय र कर्मचारीहरुको कमजोरीका कारण पनि सिंचाईका कतिपय भौतिक संरचना जिर्ण भएको र कामै नलाग्ने अवस्थामा पुगेको तर्फ औल्याउदै मर्मत सम्भार गरी काम गर्न सकिने योजनाहरुलाई आफनै काम सम्झेर अगाडि वढाउन र जनताको काम सहज वनाउन मन्त्री यादवले आग्रह समेत गरे ।

उनले तराई मधेशका जनतालाई लक्षित गरी सिंचाई मन्त्रालयले अगाडि वढाएको ‘समृद्ध तराई मधेश सिंचाई विशेष कार्यक्रम’ र ‘तराई–मधेश जलप्रकोप नियन्त्रण विशेष कार्यक्रम’ का वारेमा जानकारी दिदै सिंचाई असुविधाका कारण खेतीयोग्य जमिन वाँझो राख्नुपर्ने र वर्षा सुरु नहुँदै घरजग्गा वग्ने डरले रातदिन विताउन वाध्य नागरिकलाई राहत प्रदान गर्ने गरी कार्यक्रमलाई अगाडि वढाउन समेत सवैलाई आग्रह गरे ।

सिंचाईको भरपर्दो ब्यवस्थाको अभाव र भएका भौतिक संरचना पनि जिर्ण हुँदा तराई मधेशको अधिकांश खेतीयोग्य जमिन वाँझो वस्ने र खेतीमा निर्भर सर्वसधारण नागरीकलाई खानकै लागि धौ–धौ पर्ने समस्यावाट उन्मुक्ति दिलाउन मन्त्रालयका यी दुई कार्यक्रम फलदायि हुने विश्वास ब्यक्त गरेका यादवले चुरे विनासका कारण भु–क्षय भई खोलानालाको उचाई वुढ्ने र वर्षायाममा सर्वसाधारणको खेतीयोग्य जमिन तथा गाउँनै वगाउने र डुवाउने समस्यालाई समेत यो कार्यक्रमले समाधान गर्ने वताए ।

यी दुई कार्यक्रम तत्काल अघि वढाउन मन्त्री यादवले मन्त्रालयमा निर्देशन समेत दिईसकेको उनका स्वकीय सचिव योगेन्द्र यादवले जानकारी दिएका छन् । मन्त्री यादव संविधान प्रचार–प्रसारका लागि सरकारले अघि वढाएको ‘जनताको संविधान जनताकै विचमा’ कार्यक्रम अन्तर्गत सर्लाही पुगेका हुन् ।