सहमतिमै संविधान : सुजाता

कार्यत्रःममा बाेल्दै काँग्रेस नेतृ सुजाता काेइराला ।
कार्यत्रःममा बाेल्दै काँग्रेस नेतृ सुजाता काेइराला ।

नेपाली कांग्रेसकी नेतृ सुजाता कोईरालाले प्रक्रियामा सहमतिको संविधान बनाएर देशलाई निकास दिनुको विकल्प नरहेको कुरा बताएकी छिन् ।

सप्तरीको गोइठीमा कांग्रेसका सक्रिय कार्यकर्ता स्व. कुञ्जीलाल विराजीको श्रद्धाञ्जली सभालाई बुधवार सम्वोधन गर्दै उनले यस्तो कुरा बताएकी हुन् । स्व. गिरिजाप्रसाद कोइरालाले माओवादीलाई शान्तिपूर्ण राजनितिमा ल्याउन र संविधान सभा मार्फत लोकतान्त्रिक संविधान निर्माणको अभियान सुरु गरेको चर्चा गर्दै उनले उने भने– माओवादीलाई बुलेटबाट ब्यालेटमा ल्याउन सफल भएको छ, यतिबेला पनि देशलाई निकास दिने अभिभारा नेपाली कांग्रेसको काँधमा छ ।

स्व गिरिजा प्रसाद कोइरालाको अधुरा कार्यहरुलाई साकार पार्ने कार्य कांगेसले नै गर्नुपर्नेमा उनले जोड दिए । अहिले सरकार परिवर्तन गर्ने बेला नरहेको प्रष्ट पार्दै नेतृ कोईरालाले पहिले संविधान बनाई सकेपछि मात्र सरकार परिवर्तनको कुरा गर्न सुहाउने बताइन् । अहिले सरकार परिवर्तनको कुरा गरे संविधान पनि बन्दैन–उनले थपिन्– त्यो मुलुककै लागि दुभाग्यपूर्ण हुनेछ ।

झिना मसिना कुरामा अलमलिएर भावी सन्ततिलाई अंन्धकारमा नराख्न आग्रह गर्दै उनले संविधान निर्माणका लागि सहमतिको विकल्प नरहेको स मेत बताइन् । सहमति भनेकै संविधान निर्माणका लािग हुनुपर्छ, साना तिनाकुरामा अलमलिनुको अर्थ छैन– कोईरालाको भनाई छ । माओवादीसित भएको १२ वँुदे सम्झदारी पुरा गर्नका लागि पनि अहिले संविधान निर्माणकै आवश्यकता रहेको भन्दै उनले त्यसो भए शान्ति प्रक्रियासमेत स्वतः निष्कर्षमा पुग्ने दावी गरिन् ।

प्रक्रियागत सहमतिको संविधान बनाउनुको विकल्प नरहेको बताउदै नेतृ कोइरालाले संविधान नबनिकन अस्थिरता पनि समाप्त नहुने कुरा बुझ्न आवश्यक रहेको टिप्पणी गरिन् । तराई मधेशमा गरिबी व्याप्त रहेको बताउँदै उनले भने– तराईमा उर्वर भूमी रहे पनि सिंचाईको अभाव छ, कर्मशील युवाहरु श्रम गर्न विदेशिनु परेको छ, त्यसैले तराईको सम्भाव्यतालाई बुझ्नु आवश्यक छ ।

नेपाली काग्रेसका सक्रिय कार्यकर्ता स्व. कुञ्जीलाल विराजीको श्रद्धाञ्जली सभामा बोल्दै नेपाल विद्यार्र्थी संघका केन्द्रिय सदस्य एवम सभासद् रञ्जीत कर्णले मधेशको समस्याको समाधान काग्रेसले नै ध्यान दिनुपर्ने भन्दै मधेश छोडेर कांग्रेस अघि बढ्न नसक्ने बताए ।

नेपाली काग्रेस क्षेत्र नं. २ का सभापति बद्री महात्मानको सभापतित्वमा आयोजित श्रद्धाञ्जली सभालाई सभासद् सकलदेव सुतिहार, कांग्रेसका क्षेत्रीय सभापति भगवति यादव, रामकुमार यादव, नेपाली काग्रेसका विकेश्वर “विमल”, लक्ष्मी गिरी, सरोजकुमार विराजी, अर्जून प्रसाद साह, राधेश्याम यादव, रामु यादव, रामदेव साह, नेविसंघका केन्द्रिय सदस्य नन्दकिशोर यादव, जिल्ला अध्यक्ष घनानन्द यादवलगायतले पनि सम्बोधन गरेका थिए ।