सरकारले सप्तरीको चन्द्रनहर र सिंचाईमा ४० करोड

P1120093पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले आगामी माघ ८ गते भित्रै संविधान जारी हुने दावी गरेका छन् ।
बाढी प्रभावित जिल्लाहरुको भ्रमणका क्रममा आइतबार विहान राजविराज आइपुगेका उनले संचारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै यस्तो कुरा बताएका हुन् । तराईका जिल्लाहरुमा बाढी पहिरोबाट भएको क्षतिको अवस्थाबारे जानकारी लिने क्रममा भ्रमणमा रहेकोटोलीको हेलिकोप्टर विराटनगर ल्याण्ड गर्न नसकेपछि राजविराजस्थित नेपाली सेनाको ब्यारेकमा ल्याण्ड गरिएको थियो । टोलीले स्थानीय सुरक्षा प्रमुखसँग सप्तरी जिल्लाको अवस्थाबारे जानकारी लिई पुनः मौसममा सुधार भएपछि विराटनगर प्रस्थान गरेको छ ।

राजनीतिक दलहरुको विगतको चरित्रका कारण आम जनताले संविधान व्यक्त गर्नु स्वाभाविकै भएको बताउँदै उनले भने, आगामी माघ ८ गते भित्रै नयाँ संविधान जारी हुने कुरामा शंका नगर्दा हुन्छ, जसरी जे गरेर भएपनि संविधान जारी गर्नेछौं । संघीय संरचना र शासकीय स्वरुपको विषयमा टुङ्गो लाग्न बाँकी रहेको जानकारी दिदै विवादित विषयहरुमा समेत चाँडै टुङ्गो लाग्ने उनले प्रतिबद्धता व्यक्त गरे । गत विगतमा राजनीतिक दलहरुको चरित्रका कारण जनतामा संविधान जारी हुने वा नहुनेमा शंका उत्पन्न हुनु स्वाभाविकै रहेको बताउँदै बरिष्ठ नेता नेपालले भने, नेपाली काँग्रेस, एमाओवादी, एमाले लगायत मधेशवादी दलहरुबीच सहमतिको प्रयास भईरहेकोछ, त्यसैले निराश हुनुपर्ने आवश्यकता छैन । राजमार्गमा पर्ने रातो नदीको पुल भत्किएका कारण आवागमन अवरुद्ध रहँदा सर्वसाधारण जनतालाई समस्या झेल्नु परेको बताउँदै पूर्व प्रधानमन्त्री समेत रहेको बरिष्ठ नेता नेपाले चार दिन भित्रै बैकल्पिक व्यवस्था गरी यातायात सुचारु गराउने प्रतिबद्धता व्यक्त गरे । बाढी पहिरोका कारण धनुषा, सर्लाही, रौतहट, सिरहा, सप्तरी लगायतका तराईका जिल्लाहरुमा जनधनको क्षति भएको भन्दै राहत उद्धार तथा जोखिम न्यूनीकरणको प्रयास जारी रहेको उनले बताए ।
राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखको निर्वाचन नयाँ संविधान जारी भएपछि भने सात बुँदे सहमति भएको बताउँदै संविधान जारी भएपछि लागु हुन्छ कि हुँदै भन्ने आशंका कारण राष्ट्रपति उपराष्ट्रपतिको अनुमोदनको कुरा उठिरहेको जानकारी दिए । समग्र मधेश एक प्रदेशको कुरा आम जनताले छोडिसकेको बरिष्ठ नेता नेपालले दावी गरे
सिंचाई मन्त्री एनपी साउदले नेपालको सबभन्दा पुरानो चन्द्रनहरको संरचना जीर्ण रहेकोले विदेशी सहयोग नलिई आफ्नै साधन श्रोतले पुननिर्माणको काम सरकारको आगामी कार्यक्रममा समावेश गरिने प्रतिबद्धता व्यक्त गरे । सप्तरीमा रहेका सिंचाई संरचनाहरु जीर्ण रहेकोले गत–विगतमा मर्मत–सम्भारका लागि मात्र ८ करोड रुपैयाँ उपलब्ध हुँदै आएकोमा त्यसलाई बढाएर ती संरचनाहरु पुनरनिर्माण तथा मर्मत सम्भारका लागि ४० करोड रुपैयाँ प्रस्ताव गरेको उनले बताए ।

कोशी पश्चिमी पम्प नहर पुननिर्माणका लागि भारतीय सहयोगका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि कुरा भएको सिंचाईमन्त्री साउदले बताए । सप्तरी जिल्लाको सिचाई अवस्था सुदृढ गर्नका लागि आफूहरु प्रयासरत रहेको उनले विश्वास व्यक्त गरे ।
संविधान सभा अन्तर्गतको संविधानिक राजनीतिक संवाद तथा सहमति उप–समिति संयोजक आनन्द ढुङ्गनाले संविधान निर्माणमा कुनै बाधा अवरोध नहोस् यसका लागि सशस्त्र संगठनहरुसँग वार्ता भईरहेको जानकारी दिए । आगामी माघ ८ गतेभित्रै संविधान जारी गर्ने उद्देश्यका साथ मुलधार भन्दा बाहिर रहेका सशस्त्र संगठनहरुलाई संविधान निर्माण प्रक्रियामा सहभागी गराउने प्रयास भईरहेको बताउँदै उनले भने, जयकृष्ण गोइत, जवाला सिंह लागयतका भूमिगत संगठनका नेताहरुसँग सम्पर्क भईरहेको उनीहरुसँग पनि वार्ता हुने कुरामा हामी विश्वस्त छौ । उक्त टोलीमा एकीकृत नेकपा माओवादीका केन्द्रीय नेता गिरीराजमाणी पोखरेल लगायत सहभागी थिए ।
सोही पत्रकार सम्मेलनमा सप्तरीका सभासद् उमेशकुमार यादवले सप्तरी जिल्लालाई राज्यले हेर्ने दृष्टिकोण गलत रहेको भन्दै जिल्लाको सिंचाई, नहर, विद्युतलगायतका समस्याहरुबारे टोलीको ध्यानाकर्षण गराएका थिए ।