सम्पादक यादव सम्मानित

Sequence 05.Still002नेपाल पत्रकार महासंघ नेपाल टेलिभिजन प्रतिष्ठान शाखाले स्थापना गरेको हेम सुनिल जोखिमपुर्ण पत्रकारिता पुरस्कारबाट सप्तरी जागरण साप्ताहिकका प्रकाशक, सम्पादक र सप्तरी जागरण अनलाईनका कार्यकारी प्रमुख बैद्यनाथ यादव सम्मानित भएका छन् ।

सप्तरीको गोवरगाढा डुवानपरेको र त्यहाका तीन सयपरिवारको ज्यान जोखिममा रहेको बेला गोबरगाढा पुगी खबर संकलन गरी प्रसारण गरेकोमा एभिन्युजकर्मी यादवलाई सम्मानित गरिएको हो । नेपाल टेलिभिजनद्वारा आयोजित कार्यक्रममा संचार मन्त्री सुरेन्द्र कार्कीले यादवलाई पुरस्कार र सम्मान पत्र प्रदान गरेका थिए । यादव विगत आठारवर्ष देखी पत्रकारिता क्षेत्रमा सक्रिय रहदै आएका छन् ।

कार्यक्रममा नेपाल टेलिभिजनका संवाददाता निराजन खनाल र क्यामरा पर्सन सुदिप बुढाथोकीलाई समेत पुरस्कृत गरिएको थियो । कार्यक्रममा संचारमन्त्री कार्कीले सञ्चारकर्मी हेम भण्डारी र सुनिल सिंहको योगदानको उच्च मुल्याङन गर्दै उनिहरुको कदर स्वरुप नेपाल टेलिभिजनले पुरस्कार स्थापना गरेकोमा प्रशंसा समेत गरेका थिए ।

IMG_5768२०५५ सालदेखि सप्तरीलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गर्दै आएका पत्रकार यादवले स्थानीय श्री जनआक्रोस दैनिक, सप्तरी सन्देश साप्ताहिक, कृष्णा साप्ताहिक हुँदै धरानबाट प्रकाशित हुने धरान टुडे, जनकपुरबाट प्रकाशित हुने जनकपुर टुडे पत्रिकाहरुमा सप्तरीबाट सम्वाददाताको रुपमा काम गरिसकेका छन् ।
यसैगरी पत्रकार यादव काठमाडौंको तरुण र सिमांकन साप्ताहिक, नयाँ सडक दैनिक, गोरखापत्र देनिक पत्रिकामा समेत सप्तरी समाचारदाताका रुपमा काम गरिसकेका छन् । विगत १० वर्षदेखि पत्रकार यादव टेलिभिजन पत्रकारितामा क्रियाशिल रहँदै आएका छन् । पछिल्लो समय उनी उज्यालो नेशनल नेटवर्कको सम्वाददाताका रुपमा कार्यरत रहेका छन् ।IMG_5827
दुईहजार त्रिसठ्ठीसाल अशोज सात गते ताप्लेजङको घुन्सामा खवर संकलनको क्रममा हेलिकप्टर दुर्घटनामा परी ज्यान गुमाएका हेम भण्डारी र सुनिल सिंहको नाममा हेम सुनिल जोखिमपुर्ण पत्रकारिता पुरस्कारको स्थापना गरिएको हो ।