सप्तरी शिक्षा कार्यालयमा अख्तियारको छापा, ४० हजार घुस सहित रंगेहात यादव पक्राउ, जिल्ला अन्तर सरुवा र दरबन्दी बाँडफाँटमा जिशिअको मस्ती

hatkadiअख्तियार दुरुपयोग अनुसंधान आयोग पूर्वाञ्चलय क्षेत्रीय कार्यालय ईटहरीबाट खटेको टोलीले ४० हजार खुस सहित जिल्ला शिक्षा कार्यालय सप्तरीका एक कर्मचारीलाई पक्राउ गरेको छ । राजविराज–८ बाट जिल्ला शिक्षा कार्यालय सप्तरीका प्राविधिक सहायक बिरेन्द्र कुसियैत यादवलाई पक्रेको हो । जिल्ला अन्तर सरुवा मिलाई दिने भनी धनुषाको एक विद्यालयबाट सप्तरी आउन चाहने मनोज यादव नामका शिक्षकबाट घुस सहित बिरेन्द्र यादवलाई पक्राउ गरिएको आयोगका पूर्वाञ्चल अनुसंधान अधिकृत प्रविण भट्टराईले जानकारी दिएका थिए ।
    जिल्ला शिक्षा कार्यालय सप्तरीमा विगत एक वर्ष यता  जिल्ला अन्तर सरुवा, राहत दरबन्दी लगायत विषयमा व्यापक अनियमितता हुँदै आईरहेको छ । अन्यन्त्रबाट सप्तरीमा आउने शिक्षकले ३ देखि ६ लाख सम्म रकम तिर्नु परेको छ भने चाँजोपाँजो मिलाइ दिने काम शिक्षा माफियाको रुपमा चर्चित शिक्षक युनियनका अध्यक्ष फुलेश्वर मण्डलले गर्दै आईरहेका छन् । जसमा शिक्षा अधिकारी लक्ष्मी प्रसाद भट्टराई प्रति शिक्षक १ देखि ३ लाख सम्म लिने गरेको कर्मचारीहरु बताउँछन् ।
    यसै गरी राहत दरबन्दीको पनि त्यही रुपमा खरिद बिक्री हुँदै आईरहेको छ । शिक्षा अधिकारी भट्टराई सप्तरीमा सरुवा भई आएपछि शिक्षा पद्धति नै तहस नहस र अस्त व्यस्त पारि दिएको कर्मचारीहरुको गुनासो रहेका छन् । हिजो आज शिक्षा कार्यालय शिक्षा माफियाहरुको रणभुमिका रुपमा परिणत भएका छन् । चिप्लो चिप्लो कुरा गर्ने जिशिअ भट्टराईले जिल्ला अन्तर सरुवा र दरबन्दी वितरणमा करिब २ करोड भन्दा बढी रकम असुल गरेको एक अधिकृतले सप्तरी जागरणलाई बताए ।
 
सप्तरी जागरणलाई शिक्षक महासंघको धम्कीपुर्ण खण्डन (चिठ्ठी आफै बोल्छ ) २०७३ /०२/ १५ 
…………………………………………………………………………………………………

सप्तरी जागरणलाई शिक्षक महासंघको धम्कीपुर्ण खण्डन ।
सप्तरी जागरणलाई शिक्षक महासंघको धम्कीपुर्ण खण्डन ।

राजविराज । नेपाल शिक्षक महासंघ सप्तरीले सप्तरी जागरण अनलाईनलाइ सामाचारको विषयलाई लिएर खण्डन नगरिए तपाई र तपाईको पत्रिकामाथि मानहानीको मुद्दा हाल्ने र प्रेस काउन्सिल जान बाध्य हुने धम्कीपुर्ण खण्डन पठाइएको छ ।
महासंघका सचिव सुरेन्द्र प्रसाद यादबद्धारा जारी गरिएको पत्र संख्या ०७२-०७३, चलानी नम्बर १२, मिती २०७३-२-१२ गतेको पत्रमा उक्त कुरा उल्लेख गरिएको छ । पत्रमा शिक्षक महासंघको सप्तरीका अध्यक्षको नाम समेत मुछिएकोले उक्त सामाचार पत्र समस्यामा पर्ने निश्चित रहेको उल्लेख गरिएको छ ।

शिक्षक महासंघले पठाएको खण्डन प्रति सप्तरी जागरण अनलाइन समाचारको दृष्टिकोण

अनलाइनले शिक्षक यूनियनको अध्यक्षलाइ कोर्ट गरेर समाचार सम्प्रेशन गरिएको हो । शिक्षक महासंघलाइ होइन । समाचार व्यक्तिको बारेमा लेखिए पनि समाचारको खण्डन संगठनले गरिएको छ । तर जुन व्यक्तिको बारेमा समाचार लेखिएको छ , खण्डन सम्बन्धित व्यक्तिले पठाउनु पर्नेमा समाचारमा कोर्ट गरिएको संस्था र व्यक्तिले नभई समाचारमा उल्लेख नै नगरिएको संगठनको विज्ञप्ती पठाइएको छ ।

समाचार अनलाइनमा प्रकाशन गरिएको हुदाहुदै विज्ञप्तीमा पत्रिका भनेर उल्लेख गरिएको छ जवकी यो पत्रिका नभइ डिजिटल इन्टरनेट माध्यमको समाचारमुलक संस्था हो ।

अनलाइनमा प्रकाशित समाचार शिक्षक यूनियनका अध्यक्ष फुलेश्वर मण्डल माथी कुनै आग्रह र पुर्वाग्रहले ग्रसित मानसिकताले प्रकाशन गरिएको छैन् । सप्तरी जागरण अनलाइन वहाँको सम्मान गर्दछ । तर जिल्ला शिक्षा कार्यालय सप्तरीको प्रमुखमा लक्ष्मी भट्टराई आएपछि सप्तरीको शैक्षिक क्षेत्र अस्त व्यस्त बनेको प्रति विभिन्न संचार माध्यममा समाचार सम्प्रेशन भइरहेको छ । जिल्ला अन्तर सरुवा र दरबन्दी वितरणमा भइरहेको अनियमितता र रकमको चलखेल र्भखरै अख्तियार दुरुपयोग अनुसंधान आयोग क्षेत्रिय कार्यालय इटहरीले गरेको छापामारी र पक्राउ परेका विरेन्द्र कुसियत यादब लगायतका प्रकरणवाट प्रष्ट हुन्छ ।

शिक्षा कार्यालयमा हुने गरेको भ्रष्टाचार र अनियमितताको एउटा सारथी कहि न कही शिक्षा माफिया शिक्षक यूनियनका अध्यक्ष  फुलेश्वर मण्डल पनि हो, जुन कुरा समाचारमा उल्लेख गरिएको छ । हामीले लेखेको समाचारको श्रोत र प्रमाण हामीसंग सुरक्षित रहेको छ । सम्पादक