सप्तरी जिल्लाको दर्जन गाविस डुबान

1 (1)सप्तरीको बिभिन्न नदीमा आएको बाढीका कारण सयौं घर डुबानमा परेका छन । केही दिनदेखिको अविरल बर्षापछि त्रियुगा नदीमा पानीको बहाब उच्च भई बस्तीमा पसेर घरहरु डुबेका हुन ।

जिल्लाको पुर्वोतर सप्तकोसी नगरपालिका पनि डुबानमा परेको छ । सप्तकोशी नगरपालिका १ मा २४ घरमा बाढीको पानी पस्दा ५० भन्दा बढी परिवार विस्थापित हुने अवस्थामा पुगेका छन । त्रियुगा नदी बस्तीमा प्रबेश गर्दा सखुवनी, बनिगामा र बोची लगायतका टोल डुबानमा परेको प्रहरीले जानकारी दिएको छ ।

अमहा खोलाको बाढी पस्दा फत्तेपुरको बसपार्क लगायतका स्थान डुबानमा परेको छ । भिषण वर्षाले सिरहा र सप्तरीको सिमानामा रहेको बलान नदिमा आएको बाढीसप्तरीको मौवाहा गबिसको दुधैला टोलका दर्जनौं घर डुवानमा परेका छन । सो क्षेत्रमा सयौं बिगहा जमिन बगरमा परिणत भएको छ । त्यस्तै मल्हनिया, मौवाहा र बेल्ही गाबिस बाढीको उच्च जाखिममा परेका छन ।

3 (1)बलान खोलाको पानी पस्दा बेल्ही गाबिसका केही घरपनि डुवानमा परेका छन् । राजविराज ९ तेतरी गाछी चौकदेखी दक्षिणको टोलमा घर घरमा पानी पसको छ । सो स्थानमा ३६ परिवारको घरमा पानी पसेको स्थानीयले बताए । सप्तरीकै दिघवा, रम्पुरा मल्हनिया र तिलाठी लगायतका गाविसहरुमा पनि सयौं घरमा बाढीको पानी पसेपछि स्थानीयको विचल्ली भएको छ ।