सप्तरीमा २ सय २५ हात्तीपाइलेका रोगी, ६ लाखलाई रोग विरुद्धको औषधी खुवाउने

पत्रकार सम्मेलनमा बाेल्दै जनस्वास्थ्य प्रमुख विजयकुमार झा ।
पत्रकार सम्मेलनमा बाेल्दै जनस्वास्थ्य प्रमुख विजयकुमार झा ।

जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीले सन् २०२० मुलुकबाट हात्तीपाइले रोग निवारण गर्ने राष्ट्रिय प्रतिबद्धता पुरा गर्न सप्तरीका ६ लाख जनतालाई हात्तीपाइले रोग विरुद्धको औषधी खुवाउन लागेको बताएका छन् । हात्तीपाइले रोग निवारणका लागि पुरा गर्नुपर्ने ६ चरण मध्ये चार चरण औषधी खुवाईसकेको र पाँचौ चरण अन्तर्गत फागुन २३,२४र २५ गते औषधी खुवाउने कार्यक्रम रहेको बरिष्ठ जनस्वास्य प्रमुख विजय कुमार झाले बताए ।

आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै जनस्वास्थ्य प्रमुख झाले सप्तरीमा ६ लाख १९ हजार ६ सय ९२ जनालाई हात्तीपाइले र जुकाको औषधी खुवाउने लक्ष्य रहेको उनले बताए । सप्तरीमा आ.व. २०६७।०६८ मा ४ सय ४०, २०६८।०६९ मा २ सय ५८, २०६९।०७० २ सय १४ र २०७०।०७१ म २ सय २५ जना हात्तीपाइलेका रोगी सप्तरीमा फेला परेको झाले बताए ।

सप्तरीमा पनि यो रोगका विरामीहरु वर्षेनी यो रोगका विरामी फेला पर्ने क्रम जारी रहेकोले हात्तीपाइले रोग फैलिनबाट रोक्न, बिरामीको संख्यामा कमी ल्याउन तथा हात्तीपाइले रोगका बिरामी दीर्घरोग, अशक्त, कुरुप र जीवन नै बर्बाद हुनबाट बचाउन निरन्तर ६ वर्षसम्म औषधी खानुपर्ने झाले बताए । झाले दुई वर्ष मुनिका बालबालिका, गर्भवती महिला, एक महिनाका सुत्केरी महिला, मुटु रोगी, जौण्डिस, मृगौलाका रोगी, छाडे रोग तथा अन्य कडा रोगका लागि औषधी खानु नहुने बताए ।

विश्वका ७० भन्दा बढी देशमा देखा परेको हात्तीपाइले रोग दक्षिण एसियाका ६० करोड जनतामा हात्तीपाइलेका जीवाणु भेटिएको जसमध्ये ४० करोड भारतमा रहेको बताउँदै झाले नेपालका ६१ जिल्लामा हात्तीपाइलेको संक्रमण भेटिएको बताए । पानी जमेको र फोहोर स्थानमा लामखुट्टेका कारण नेपालका औसत १ मध्ये १५ जना र तराई मधेशका जिल्लामा १ सयमा २५ देखि ३० जनामा हात्तीपाइले रोगको परजीवी पाइएको झाले बताए ।

नेपालमा प्रयोग भईरहेको औषधी विश्वका ७० भन्दा बढी मुलुकले प्रयोग गरिरहेको र हात्तीपाइले रोगकै कारण हालसम्म मान्छेको मृत्यु नभएको प्रष्ट पार्दै प्रमुख झाले औषधी प्रतिको भ्रमबाट मुक्त हुन सबैमा आग्रह गर्नुभयो । उहाँले भन्नुभयो ‘औषधी सेवन पछि सामान्य साइड इफेकट देखापर्ने त्यसबाट डराउने, आतिने भन्दा पनि मेरो शरीरमा रहेको रोग निको हुने भयो भनेर खुशियाली मनाउनुपर्छ, डराउनुहुँदैन ।’