सप्तरीमा भतिजाद्वारा काकाको हत्या

सप्तरीको बोदेबरसाइन–७ मा बुधबार विहान भएको आपसी विवादमा एक जनाको हत्या भएको छ ।
जग्गा सम्बन्धी उत्पन्न विवादमा घेरा बेरा गर्ने क्रममा द्विपक्ष बीच भएको झडपमा बोदेबरसाइन–७ का रामकिसन साहको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । साहकी पत्नी सियानी देवी साह गम्भिर घाइते भएको छ । उनको लहान स्थित एक निजी अस्पतालमा उपचार भईरहको छ ।
मृतक साहका आफ्नै भतिजा प्रकाश साह फरार रहेको र खोजतलास भईरहेको सप्तरीका एसपी शिशिर कुमार कर्माचार्यले बताए। मृतक रामकिसनको जग्गामा बाँस रोपी घेराबेरा गर्ने क्रममा दुईपक्ष बीच झडप हुँदा भतिजा प्रकाशले हानेको फलामले साहको तत्कालै मृत्यु भएको घटना स्थल पुगेका इलाका प्रहरी कार्यालय कल्याणपुरका प्रहरी निरीक्षक छेदी कामले बताए ।