सप्तरीमा फस्टाउँदो गाँजा खेती, प्रहरीलाई चुनौती

सप्तरीको फत्तेपुर गाविसमा पछिल्लो पटक गाँजाका बोटहरु नष्ट गर्दै प्रहरी ।
सप्तरीको फत्तेपुर गाविसमा पछिल्लो पटक गाँजाका बोटहरु नष्ट गर्दै प्रहरी ।

सप्तरीमा पछिल्लो समय यता प्रतिबन्धीत गाँजाको खेती तथा विक्रि वितरण प्रहरीको लागि चुनौती बन्दै गएको छ । गाउँ घरमै सहज उपलब्धताका कारण यसको प्रयोग कर्ता युवाहरुको संख्यामा ठुलो बढोत्तरी भएको पाईन्छ ।

यता सप्तरी प्रहरी गाँजा खेती तथा कारोवार नियन्त्रणका लागि जति सुकै दावि गरेपनि खासै सफलता भने प्रहरीलाई भएको देखिदैन । जिल्लाका ग्रामिण भेग सँगै सदरमुकाम राजविराज भित्रै गाँजाको खेती तथा विक्रि वितरण भने भईनै रहेको देखिन्छन् । प्रहरीको निरीहता प्रति चिन्ता व्यक्त गर्दै नागरिक समाज तथा स्थानिय अविभावक भने प्रहरीलाई झन् चनाखो बन्न आग्रह गरेका छन् ।

सप्तरीमा सिरहा लगायतका तराईका जिल्लाहरु जस्तो ठुलो परिमाणमा गाँजा खेती नभईरहेको सप्तरी प्रहरीको दावि छ । यद्यपी प्रहरीले पछिल्लो केहि समय यता नष्ट गरेको गाँजाको बोट तथा ग्रामिण भेगमा गाँजा उत्पादन हुने अनौपचारीक आँकडा भने प्रहरीको दावि उपर प्रश्ननै तेर्साएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार पछिल्लो १ महिना भित्र प्रहरीले सप्तरीको चार गाविसका ६ वटा वडाहरु वाट मात्रै ३ हजार १ सय ४५ वटा गाँजाका बोटहरु नष्ट पारेका छन् । पछिल्लो पटक असोज २६ गते मात्रै सप्तरीको उत्तरी सिमानामा पर्ने फत्तेपुर गाविस वडा नम्बर ७ र ८ वाट प्रहरीले २ हजार गाँजाको बोटहरु नष्ट पारेका छन् ।

त्यस्तै गत मंसिर र पुस महिनामा प्रहरीले गरेको चार वटा अप्रेशनमा ४ हजार ५ सय ६५ वटा गाँजाका बोटहरु नष्ट पारेका थिए । त्यतिवेला प्रहरीले सदरमुकाम राजविराज वडा नम्बर १० वाट एकै दिनमा २ हजार ५ सय गाँजाका बोट नष्ट गरेका थिए भने शम्भुनाथ र रायपुर गाविसका केहि वडा वाट १ हजार २ सय गाँजाको बोट नष्ट गरिएको प्रहरी तथ्यांकले देखाउँछन् ।

सप्तरीका प्रहरी प्रवक्ता डिएसपी केदार ढकालले भने, ‘छिमेकी सिरहा लगायतका जिल्ला जस्तो ठुलो परिमाणमा हामि कहाँ गाँजा खेती देखिएको छैन्, यद्यपी हामि एउटा सम्म बोटलाई निशाना पारेर काम गरिरहेका छौ ।’

न्युन लागतमा अधिकत्तम मुनाफा हुने गरेका कारणले गाँजा खेतितर्फ सप्तरीका सर्वसाधारण गाउँलेहरु वढि आकर्षित देखिएका छन् । खुला रुपमा अन्य वालिहरु झै खेतमा नलाउने गरेको भए पनि आफु वसोवास गर्ने घर वरिपरि गाउँलेहरुले गाँजाको वोट लगाउने गरेका हुन् ।

‘राम्ररी हेरचार भयो भने गाँजाको एउटा वोटवाट न्युनतम पाँच केजी सम्म गाँजा उत्पादन हुने गर्छ’, नाम नखोल्ने शर्तमा गाँजा खेती गर्ने एक ग्रामिणले भने, ‘ एक केजी गाँजाको चार देखि पाँचहजार सम्म पाईन्छ, लगानि पनि वढि गर्नु पर्दैन, अलि खतरा वहन गुर्न पर्ने हुन्छ ।’

जिल्लाको दक्षिणी, पूर्वी र पश्चिमि भेगमा गाँजाको उत्पादन वढि हुने गरेको छ । एउटा देखि ५० वटा सम्म गाँजको वोट आफ्नो घर वरिपरि लगाउने गरेको गाँजा खेती गर्ने किसानहरु स्विकार्छन् । प्रती वोट वर्षैनी २५ देखि ३० हजार सम्म आम्दानी हुने गरेको उनिहरुको भनाई रहेको छ ।

गाँजा प्रयोगकर्ता एक युवकले गाउँवाटै किनेर ल्याएको गाँजाका प्याकेटहरु ।
गाँजा प्रयोगकर्ता एक युवकले गाउँवाटै किनेर ल्याएको गाँजाका प्याकेटहरु ।

जेठ देखि नै गाँजाको वोट लगाउने काम प्रारम्भ हुन्छ र मंसिर पुसमा त्यसलाई कटान गरीे फूल टिप्ने गरिन्छ । अचेल गा“जा प्रयोगकर्तामा भएको वृद्धिले यसका पातहरु समेत विक्रि हुने गरेको सप्तरीको लालापट्टी गाविस निवासी युवा सशक्तिकरण संघ नेपालका अध्यक्ष किशोरकुमार यादवले वताए । उनका अनुसार भारतीय बजारहरुवाट आउने व्यापारी तथा स्थानिय व्यापारीहरुले गाउ“–गाउ“ पुगेर गा“जा संकलन गर्ने गर्दछन् ।

चार देखि पाँचहजार रुपैयाँ प्रति किलोका दरले खरिद गरीएको गाँजा व्यापारीहरु त्यसलाई सिमावर्ति भारतीय शहरहरुमा १० देखि १५ हजार रुपैयाँ (भारु)मा विक्रि वितरण गर्ने वताउँछन् ।

यसवाहेक युवाहरुमा वढदै गएको दुर्वयसनीका कराण गाउँघरमा उत्पादनहुने गरेको गाँजा गाउँमै प्याकेट वनाएर समेत विक्रि वितरण हुने गरेको सप्तरीको को मधेपुरा–८ का वयोवृद्ध मधु यादवले वताए । उनले भने, ‘गाउँमै गाँजा उत्पादन गर्नेहरु एक केजी गाँजाको २ सय देखि ३ सय सम्म प्याकेट वनाउने गरेका छन् र ती प्याकेटहरु ४० देखि ५० रुपैया“ सम्ममा प्रयोगकर्ताहरुले स्वयं खरीद गर्ने गर्दछन् ।’

लागु पदार्थमा वढदै गएको कुलतका कारण गाँजा सेवन गर्ने युवाहरुको संख्या पनि वढदो छ । उनिहरुको अनुसार प्रति प्याकेट वाट एक देखि ५ चिलम सम्म वन्ने गर्दछन् ।

जिल्लामा गाँजाको वढदै गएको मागका कारण भारतवाट समेत सप्तरी भित्रीने गरेको वताईन्छ । भारत सँगको खुला नाकाका कारण अन्य सरसामान झै सहज तरीकाले गाँजा पनि सप्तरी भित्रीने गरेको हो । सप्तरीको पश्चीमि नाकाहरुवाट वढि गाँजा भित्रिने गरेको छ ।

यस्तै राजविराज नगरपालिकाको हटिया, तथा कतिपय विद्यालयका आसपासमा समेत खुलेयाम गा“जा विक्रि वितरण हुने गरेपनि प्रहरी प्रशासनको त्यतातर्फ खासै ध्यान पु¥याउन नसकेको अभिभावकहरुको गुनासो छ ।