सप्तरीमा चिसोको कहर जारी,प्रधानमन्त्रीलाई ज्ञापन

sailendra 1चिसोसँगै मृत्यु हुनेको संख्या वद्दै गएको छ । अघिल्लो राती चिसोका कारण जिल्लामा थप ७ जनाको मृत्यु भएको छ । योसँगै सप्तरीमा चिसोका कारण मर्नेको संख्या १४ पुगेको छ ।

सप्तरीका डिएसपी ध्रुवकुमार श्रेष्ठका अनुसार शनिवार राति कृष्णा सवरण गापा ४ का ६० वर्षिय लखन ठाकुरको चिसोका कारण मृत्यु भएको छ । यस्तै तिलाठि कोईलाडि गापा ७ का ३६ वर्षिय शिवु मण्डलको पनि शनिवार राती जाडोले मृत्यु भएको वडा अध्यक्ष गुलाव सिंहले जानकारी दिए । यसैगरी कञ्चनरुप नगरपालिका २ बरमझियाका ५५ वर्षिय बेचन शेख र ७ का ६१ वर्षिय उतम मरिक डोमको पनि मृत्यु भएको छ ।

चिसोकै कारण शनिवार राति डाकनेश्वरी नपा ८ का ५५ वर्षिय झौली यादव र कञ्चनरुप–४ जगतपुरका ललित चौधरीका ७ महिने छोरा गणेश चौधरीको मृत्यु भएको स्थानीयले जानकारी दिएका छन् । यस्तै खडक नगरपालिका–८ मुसरनिया बस्ने ७० वर्षीय मुसहरु चौधरीको पनि चिसोले मृत्यु भएको छ ।

यसअघि तिलाठी कोइलाडी गाउँपालिका २ लौनियाँका ५५ वर्षीय सुजान ठाकुर, महदेवा गाउँपालिका २ का ५८ वर्षीय सुकदेव यादव, राजविराज नगरपालिका २ का ६० वर्षीया नाजो बेगम र १० का ६५ वर्षीया कैलीदेवी खंग, छिन्नमस्ता गाउँपालिका १ का ३५ वर्षीय रामदयाल राम, ३६ वर्षीय कुलदीप राय र ७२ वर्षीया रजियादेवी रायको जाडोका कारण मृत्यु भएको थियो।

यता, अत्याधिक चिसोले जनजीवन थप कष्टकर बन्दै गएपछि सप्तरीका सामुदायिक विद्यालय थप ४ दिन बन्द गरिएको छ। यसअघि बिहीबार र शुक्रबार दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरिएको थियो। अत्यधिक चिसो बढेपछि शिक्षा समितिको निर्णय अनुसार पुस २६ सम्म विद्यालय बन्द गर्ने निर्णय गरिएको नेपाल शिक्षक महासंघ सप्तरीका अध्यक्ष फुलेश्वर मण्डलले जानकारी दिए।

एक साताभन्दा अघिदेखिको निरन्तर शीतलहरका कारण चिसो बढेपछि बालबालिका बढी प्रभावित भएको र कतिपय विद्यालयमा विद्यार्थी नै आउन छोडेपछि जिल्लाभरका ४ सय १२ वटै सामुदायिक विद्यालय बिहीबारदेखि नै बन्द छन्। निजी विद्यालय भने सञ्चालन भइरहेका छन्।
चिसोका कारण निमोनिया, पखाला, रुघाखोकी, ज्वरो लगायतका बिरामी बढेका छन्। जिल्ला दैवि प्रकोप उद्दार समितिका संयोजक तथा सप्तरीका सिडिओ भागिरथ पाण्डेले हालसम्म सप्तरीमा दुई जनाको चिसोका कारण मृत्यु भएको वताउँदै चिसो पीडितलाई जोगाउन सक्दो प्रयास भईरहेको वताए । उनले भने–अहिलेसम्म ७ हजार कम्वल वितरण गर्यो । अव ७ हजार पुनः वाड्ने तयारीमा छौं ।’

4न्यानो वाडदै जिल्ला दैवी प्रकोप उदार समिति, सेना र विभिन्न संघसंस्था

यसैविच नेपाली सेना, वन कार्यालय र राजविराज नगरपालिकाले चिसोवाट प्रभावित भएका र आर्थिक रुपमा गरिव र विपन्न समुदायलाई लक्षित गरी न्यानो लुगा वितरण तथा आगो ताप्ने ब्यवस्था मिलाएको छ । चिसो प्रभावित वस्तिमा गएर सेना, वन कार्यालय र राजविराज नगरपालिकाले दाउरा वालेर आगो ताप्ने ब्यवस्था मिलाउनुका साथै शरिर तताउन कम्मल र न्यानो लुगा वितरण कार्य थालेको छ । प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले अत्याधिक चिसोका कारण सर्व साधारणको जनजिवन कष्टकर बन्दै गएपछि श्रोत साधनले भ्याए सम्म राहत दिने काम थालिएको जानाकारी दिए ।

प्रधानमन्त्रीलाई ज्ञापन

पछिल्लो एकसाता यता वढेको चिसोका कारण जिल्लामा एक दर्जन वढिको मृत्यु र चिसो पीडितको जनजिवन कष्टकर वन्दै गएपछि मृतकलाई क्षतीपुर्ति र प्रभावितलाई राहत उपलब्ध गराउन माग गर्दै आईतवार प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाईएको छ । प्रदेश सभा सदस्य शैलेन्द्र साहको अगुवाईमा स्थानीयले आईतवार प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएका हुन् ।

ज्ञापन पत्रमा गत साउन महिनाको वाढिको पीडामा परेकाहरु सो पीडावाट उन्मुक्ति नपाउँदै अहिले शितलहरको चपेटामा परी थप पीडामा परी कष्टकर जीवन वाध्य भएकाले संगै एक दर्जनको ज्यान समेत गईसकेकोले क्षतीपुर्ति र पीडितलाई राहत प्रदान गर्न आवश्यक प्रवन्धका लागि माग गरिएको छ ।

कालिगढलाई भ्याईनभ्याई

केहि दिन यता वढेको अत्याधिक चिसोले वाक्लो सिरक र डसनाको माग वढपछि विष्णुपुर गाउँपालिका १, थलहीका मो. सलाउद्दिन र उनका छोरा इम्तियाजलाई भ्याई नभ्याई भएको छ । राजविराज, ७ नगरपालिका रोडमा सडक किनारमै सिरक र डसना वनाई विक्रि गर्ने वावु छोरा मात्र होईन जिल्लाका मलेठ, डुमरी, पडरीया, झलही लगायत स्थानवाट समेत आएका आधा दर्जन वढि सिरक डसना वनाउने कामदारलाई भ्याई नभ्याई छ ।DSC09711

रुवा, पल्ला, कपडा, सवै स्थानीय वजारमा किनेर तत्कालै तयार गरी उपभोक्तालाई उनीहरुले दिने गरेका छन् । विगत २ साता यता, ३ सय १५ वटा सिरक डसना तयार गरेर विक्रि गरिसकेको र अहिले पनि १ सय ८ वटाको अर्डर आईसकेको मो. सलाउद्दिनले वताए । उनले भने–‘उपभोक्तालाई मात्र होईन, राजविरिाजको केहि पसलहरुमा समेत हामीले सिरक डसना वनाएर दिने गरेका छौं ।’

DSC09704उनले अर्डर अनुसार जस्तो ग्राहकले भन्छन् उस्तै सिलाई गरेर दिने गरेको वताए । गाउँभन्दा शहरमा सिरक र डसनाको माँग धेरै आउने र मुल्य पनि राम्रै पाउने हुँदा छोरासँगै प्रत्येक जाडो याममा यता आउने गरेको उनको भनाई छ । उउटा सिरक डसना वनाउँदा ३ सय रुपैया वचन हुने र वावु छोरा मिलेर एक दिनमा ४ देखि ५ वटासम्म सिरड डसना वनाउने गरेको उनले वताए ।