सप्तरीको राजविराजमा लाठी जुलुस प्रदर्शन

 

947394_1072151856171070_7283657889202557425_nचार महिना बढीदेखि आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले बुधवार राजविराजमा लाठी जुलुस प्रदर्शन गरेको छ । लगातारको आन्दोलनले सरकार आफूहरुको माग सम्बोधन गर्नुको साटो आन्दोलनलाई दबाउन मधेसका विभिन्न जिल्लाहरु आन्दोलनकारीमाथि लाठीचार्ज गरेको विरोधमा बृहत्त लाठी जुलुस प्रदर्शन गरेको हो ।

राजविराजस्थित शिव मन्दिर प्राङ्गणबाट निस्किएको मोर्चाको लाठी जुलुस नगरको विभिन्न भागमा परिक्रमा गर्दै जनआन्दोलन चौकमा पुगेर विरोध सभामा परिणत भएका थिए । विरोध सभालाई सम्बोधन गर्दै मोर्चा आबद्ध विभिन्न मधेसवादी दलका नेताहरुले ११ बुँदै माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताए ।

साढे चार महिनादेखि आन्दोलन गर्दै आएका मधेशी मोर्चाले मधेशको माग पुरा नभएसम्म आन्दोलन जारी राख्ने बताएका थिए । तिन दलले एकतफिर् संविधान घोषणा गरेर मधेश आन्दोलन २०६४ पछि भएको आठबुँदे सम्झौता प्रति बेइमानी गरेको हुँदा यो संविधान मेधशीलाई मान्य नहुने बताएका थिए ।

मोर्चाले निकालेको लाठी जुलुसले कलैयास्थित कांग्रेस र एमालको जिल्ला पार्टी कार्यालयमा तोडफोड गर्न पुगेपछि यहाँको स्थिति तनावग्रस्त बनेको छ । प्रहरीले प्रदर्शनकारीलाई भगाउनलाई १ राउण्ड हवाई फायर र ७ राउण्ड अश्रु ग्यास चलाएको छ । आन्दोलनकारीले मोतीवागमा रहेको कांग्रेस कार्यालयमा ढुंगामुडा र तोडपछि उनीहरु पन्नावागमा रहेको एमाले कार्यालयमा तोडफोडको प्रयास गरेपछि स्थिति तनावपूर्ण भएको हो ।
पूरा पढ्नुहोस् ।