सप्तरीको रम्पुराबाट हतियार सहित एक जना पक्राउ

24135446_916069551903914_1337447080_nसप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका –१४ रम्पुराबाट हतियार सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सप्तरीका प्रहरी प्रमुख एसपी मुकेश कुमार सिंहको नेतृत्वमा गस्तीमा रहेको प्रहरी टोलीले गोप्य सुचनाको आधारमा मदिरा सेवन गरिरहेको अवस्थामा ती हतियारधारीलाई  आज बेलुकी अन्दाजी ८ बजे पक्राउ गरिएको बताइएको छ ।

आसन्न प्रतिनिधि र प्रदेश सभाको चुनावलाई मध्य नजर गरेर सप्तरीको सुरक्षा व्यवस्था चुस्तदुरुस्त राख्न ठूलो संख्यामा प्रहरी परिचालन गरिएको र कुनै अप्रिय घटना हुन नदिन प्रहरीले उच्च सुरक्षा सर्तकता अपनाइएको छ ।

भारतीय सिमानासँग जोडिएको रम्पुराबाट हतियार सहित अपराधिक पक्राउ पर्नुलाई स्थानीय प्रशासनले गम्भीरतापुर्वक लिएका छन् ।     एसपी सिंहले घटनाबारे अनुसंधान भईरहेकोले बताए ।