सप्तरीको महुली पुलमा शक्तिशाली सिलिन्डर बम

bom (1)सप्तरीको पुर्व पश्च्मि राजमार्ग अन्तर्गत रहेको महुली पुल मुनी आज विहान शक्तीशाली बम फेला परेको छ ।
सशस्त्र प्रहरीको दन्तकाली गण देखी डेढ किलो मिटर दक्षिण पोर्ताहा ८ मा रहेको महुली पुलमुनी दूइवटा सिलिन्डर र एउटा बाल्टिन बम फेला परेको सशस्त्र प्रहरी उपरिक्क्षक जनक बोहराले सप्तरी जागरण आलाइनलाई बताए ।
यता सदरमुकाम राजविराज स्थित श्री कृष्ण दल गणका गणपति भुबनेश्वर आर्चायको नेतृत्वमा बम डिस्पोजल टोली घटनास्थल पुगेर बमलाई निस्कृय बनाएको छ ।
बम कसले राखेको भन्ने बारे अनुसंधान भइरहेको सप्तरी प्रहरीले जनाएको छ । तराईका भुमीगत समुहले अहिलेसम्म जिमेबारी लिएको छैन ।bom (2)