सप्तरीको इतिहासमा पहिलो पटक पत्रकार महासंघमा तालाबन्दी,अध्यक्ष खतिवडा सात दर्जन आरोपवाट घेरिए

fnj saptari   नेपाल पत्रकार महासंघ शाखा सप्तरीका बर्तमान कार्यसमितीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संघर्ष समितीले महासंघमा मंगलबार देखि अनिश्चितकालिन तालाबन्दी गरेका छन् । महासंघमा देखिएको बेथिती सच्चाउन पटक पटक आग्रह गर्दापनि नेतृत्वले अटेर गरेपछि आन्दोलित सप्तरीका पत्रकारहरुले महासंघ शाखा कार्यालयमा तालवन्दी गरेका हुन् । संघर्ष समितीका संयोजक जितेन्द्र खडगााको नेतृत्वमा पत्रकारहरुले बिहान १० वजेदेखी २ घण्टा महासंघ कार्यालयको मुलगेटमा धर्ना दिएका थिए । धर्ना अवधीमा समेत महासंघको जिल्ला नेतृत्वले समस्या समाधानका लागि अगाडी नआएपछि मंगलवार अपरहान्न १२ वजेदेखी महासंघको शाखा कार्यालयको मुलगेटमा तालावन्दी गरेको संयोजक खडगाले बताए ।

महासंघलाई सभापति प्रकास खतिवडाले एकलौटी संस्था बनाएकोे , महासंघको स्रोत साधन माथिको आधिपत्यता तथा विभिन्न विकासीय कार्यालयहरुमा पत्रकारको नाममा भईरहेको ठेकेदारी, सरकारी तथा गैर सरकारी निकायहरुमा हुने प्रतिनिधित्वमा एकलौटेपन र आम पत्रकारहरुको हकहितको सवालमा महासंघको उदासिनता लगायतका कार्यले महासंघको वर्तमान नेतृत्व असफल भएको आन्दोलित पत्रकारहरुको गुनासो छ ।
वर्तमान कार्यसमिति चयन भएदेखि नै पत्रकारहरुको हित विपरित कार्यहरुले निरन्तरता पाउन थालेपछि यस अघि राष्ट्रिय मिडिया पत्रकार सञ्जालको अगुवाईमा आम पत्रकारहरुले पटक–पटक लिखित तथा मौखिक रुपमा, औपचारीक तथा अनौपचारीक रुपमा सचेत गराउँदै आएको थियो । सचेतनाका वावजुद पनि वर्तमान कार्य समितिले आफ्नो कार्यशैलीमा सुधार ल्याउनुको सट्टा उल्टै अझ हैकमवादी प्रवृतिका साथ त्यस्ता कार्यलाई निरन्तरता दिइएपछि गत असार १२ गते महासंघका पुर्व सभापति, सभासद तथा अधिकांस साधारण सदस्यको बृहत भेलाले संघर्ष समिती गठन गरेको थियो । सोही भेलाका सहभागीहरुले महासंघ जिल्ला शाखाको गतिबिधी प्रति तिब्र असनतुष्टी जनाउदै आन्दोलन गर्ने निर्णय गरेका थिए । संघर्ष समितीको पुर्व निर्धारित कार्यतालिका अनुसार मंगलवार महासंघ शाखा कार्यालयको गेटमा २ घण्टा धर्ना र अनिश्चितकालिन तालावन्दी गरिएको हो ।

पछिल्लो पटक प्रायः असफल भईसकेको जिल्ला शिक्षा कार्यालय सप्तरीद्वारा सञ्चालित सघन साक्षर सप्तरी अभियान र उक्त अभियानको नाममा जिशिका लगायतका निकायले गरिरहको आर्थिक अनियमितता तथा भ्रष्टाचार सम्बन्धी तथ्यहरु कसैवाट लुकेको छैन संघर्ष समितीका संयोजक खडगाले बताए । शिक्षा कार्यालयको तीन महिनाको उक्त अभियान डेढ महिनाभित्र कागजमै सिध्याउन खोजिएको जानकारी हुँदाहुँदै समेत उक्त अभियानको अनुगमन कार्यमा महासंघलाई सहभागी भई सप्तरी शाखाको मानमर्दन गरिएको आरोप आन्दोलित पत्रकारको छ । उक्त कार्यक्रमको अनुगमनमा लागि आफना नाता गोताका गैर पत्रकारलाई सभापति प्रकास खतिवडाले गोप्य रुपमा जिम्मेवारी दिएकाले संस्थाको गरिमा समाप्त भएको आन्दोलित पत्रकारको आरोप छ ।

विगत ६ महिनादेखी कार्यसमितीको बैठक नगरेको , विना बैठक नै सामान खरिद बिक्री गरेको, विना टेण्डर सामान खरिद गरेको , आर्थिक प्रसासन नियमावलीको सामान्य हेक्का समेत नराखिएको , सरकारी कार्यालयहरुमा गएर जथाभावी रकम असुलेको , केन्द्रिय सर्कुलरवारे कसैलाई जानकारी नदिई सुचनाको हक समबन्धी ऐनको बर्खिलाप गरेको आरोप सभापति खतिवडामाथी छ ।

अध्यक्ष, नेपाल पत्रकार महासंघ शाखा सप्तरी
अध्यक्ष, नेपाल पत्रकार महासंघ शाखा सप्तरी

नेपाल पत्रकार महासंघ आम पत्रकारहरुको हकहित संरक्षण र आम सञ्चार माध्यमहरुमा आउने विज्ञापनलाई समानुपातिक रुपले वितरण गर्ने कार्यमा सहजिकरण गर्नु पर्नेमा झन् पत्रकारहरुको हितका सवालमा मौनता साँध्ने तथा सञ्चार माध्यमहरुमा आउने विज्ञापनलाई एकलौटी रुपमा नियन्त्रणमा लिई केही सिमित पत्रकारहरुलाई मात्रै फायदा पु¥याउदै आएको , जिल्ला बाल कल्याण समिति, खानेपानि तथा सरसफाई डिभिजन कार्यालय, जिल्ला स्तरीय सरसफाई स्वच्छता समन्वय समिति, जिशिका, जिल्ला जनस्वास्थय कार्यालय, राजविराज नगरपालिका लगायतका कार्यालयहरुवाट विज्ञापन नियन्त्रित गरी स्थानिय एफएमहरुसँग स्रोत साधन हुँदाहुँदै समेत विज्ञापन निर्माण लगायतका कार्यहरु गरी उक्त सञ्चार माध्यमहरुको स्रोत सुकाउने काम भएको आरोप समेत खतिवडामाथी छ ।

आम सञ्चारकर्मीहरुको सुरक्षाको सवालमा महासंघ कटिबद्ध रहनुपर्नेमा पछिल्लो एक वर्षयता विभिन्न पत्रकारहरु उपर भएको दमन, शोषण, दुव्र्यवहार तथा धम्कीप्रति महासंघको मौनता साध्नु , पछिल्लोपटक कञ्चनपुर स्थित राजविराज टुडेका सम्वाददाता किशोर पासवान, भारदहका सञ्चारकर्मी गंगा साह र आनन्दमोहन शर्मा, गोरखापत्र सम्वाददाता माला कर्ण, नागरिक दैनिकका जितेन्द्र झा लगायतका व्यक्तिहरुलाई भएको दुव्र्यवहार तथा धाक धम्की देखाउने कार्य प्रति महासंघ किन खुलेर बोल्न नसकी प्रहरी प्रसासन अगाडी सभापति खतिवडा नतमस्तक भएको आरोप छ ।

नेपाल पत्रकार महासंघ शाखा सप्तरीका संस्थापक अध्यक्ष, पूर्व केन्द्रीय उपाध्यक्ष तथा नेपाल प्रेस काउन्सिलका सदस्य समेत रहिसकेका वरिष्ठ पत्रकार शिवहरीप्रसाद भट्टराई सिकिस्त विरामी पर्दा समेत पत्रकार महासंघले संवेदनशिल बन्न नसकेकोमा आमसंचारकर्मी मर्माहत भएको, स्थानिय शान्ति समिति गठन भएदेखि नेपाल पत्रकार महासंघ शाखा सप्तरीले उक्त समितिमा संस्थागत सहभागिता जनाउँदै आएकोमा पछिल्लो पटक गठन भएको स्थानिय शान्ति समितिमा पत्रकार महासंघको संस्थागत प्रतिनिधित्व गराउन नसकि खतिवडाले असफलताको परिचय दिएको आन्दोलनरत पत्रकारको भनाई छ ।
महासंघको आफनो भवनमा हुने पत्रकार सम्मेलनवाट उठेको आम्दानीको हरहिसाव सार्वजनिक नहुने गरेको, कार्यालयलाई सभापति प्रकास खतिवडाले आफनो निजी काममा प्रयोग गर्दे आएको लगायतका सात दर्जन भन्दा बढी आरोप अध्यक्ष खतिवडामाथी लगाईएको छ ।

सप्तरीको पत्रकारिता ईतिहासमा पहिलो पटक महासंघ कार्यालयमा तालाबन्दी भएको हो । यहाका पत्रकारहरु पहिलो पटक बर्तमान अध्यक्ष खतिवडाका कारण शिर निहुराउनु परेको छ ।