सप्तरीकाे बनैनियाँमा झडप,चार सय सवारीसाधन गन्तव्य तर्फ

DSC00043सप्तरीकाे बनैनियाँ र भारतकाे अन्ध्रामण्ठ नाका क्षेत्रमा प्रहरीले हस्तक्षेप गर्न खोज्दा दसगजा क्षेत्रमा प्रहरी र प्रर्दसनकारी बीच झडप भएको छ । तर घटनाको प्रहरीले पुस्टि गरेको छैन।

अन्ध्रामण्ठ बजारबाट प्रहरीले खाधान्न र खाना पकाउने ग्यास ल्याएर बनैनिया स्थित सशस्त्र क्याम्पमा दुई दिनदेखि सँकलन गरिएकाे थियाे, साेही समान अाज प्रहरीले राजविराज ल्याउने क्रममा बनैनिया नजिकै झाैराहा चाैकमा मधेसी माेर्चाका कार्यकर्ताले ढुँगा प्रहार गरेपछि प्रहरी पुन क्याम्प फर्किएकाे छ । अहिले करिब दुई हजारकाे सँख्यामा रहेकाे माेर्चा कार्यकर्ता खाधान्न सहितकाे प्रहरी गाडी कुरेर बसेकाे स्थानीयले जनाएको छ ।

यता संविधान र सीमाङ्कनको विरोधमा उत्रेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आह्वान गरेको अनिश्चितकालीन बन्दको ४५ औँ दिन सम्म जारी रहँदा जनजीवन प्रभावित भएको छ ।

स्थितिलार्इ सामान्य बनाउन प्रहरीले स्कटिङमा सवारी साधनलार्इ गन्तव्यसम्म पुर्याइरहेको छ । यसैक्रममा सप्तरी प्रहरीले पूर्व–पश्चिम राजमार्गमा अलपत्र परेका करिब चार सय सवारीसाधनलाई सुरक्षा घेरा दिएर गन्तव्यमा पठाएको छ ।

बस, मालबाहक ट्रक र साना ठूला सवारीसाधन गरी चार सय सवारीसाधनलाई पश्चिमको सिरहाबाट सुनसरीतर्फ र सुनसरीमा अलपत्रमा परेका सार्वजनिक सवारीसाधनलाई प्रहरीले सुरक्षा दिएर गन्तव्यसम्म पुर्याएको जिल्ला प्रहरी कार्यालय सप्तरीका नायब प्रहरी उपरीक्षक नारायणप्रसाद चिमरीयालेले बताएको छ ।