सद्भावना अध्यक्ष महतोको स्वास्थ्य लाभको कामना गर्दै सप्तरीमा विशेष पूजा

keshor kc pujaप्रहरीको सांघातिक आक्रमणबाट गंभीर घाइते भएका सद्भावना पार्टीको अध्यक्ष राजेन्द्रको स्वास्थ्य लाभको कामना गर्दै आज राजविराजमा यूबाहरुले विशेष पूजा गरिएको छ ।

‘सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतो तथा मधेस आन्दोलनका घाईतेहरुको शीघ्र स्वास्थ्य लाभको कामनाका लागि विशेष पूजा समारोह’ नामक ब्यानेर राखेर राजविराजस्थित शिव मन्दिरमा मधेसी मोर्चा सप्तरीले पूजा गरेको सद्भावना पार्टी निकट बिद्यार्थी मंचका केन्दीय अध्यक्ष किशोर यादव ‘केसी’ले सप्तरी जागरण ऑनलाइनलाई बताए ।

पूजामा मधेसी मोर्चा आबद्ध विभिन्न मधेसवादी दलका केन्द्रीय तथा जिल्ला स्तरीय नेताहरुको उपस्थिती थियो ।शनीवार साँझ रानी विराटनगर स्थित जोगबनी नाकामा शान्तिपूर्ण धर्नामा बसेका महतोलाई प्रहरीले नीर्घात कुटपिट थिए । घाइते महतोको धरानस्थित बीपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा उपचार भइरहेको छ । प्रतिष्ठानको सर्जिकल सघन उपचार कक्षमा महोटोको उपचार भइरहेको प्रहरीले जनाएको छ ।