सदभावना बैठकमा प्रतिवेदन पेस

received_478561892342671बिराटनगर। सदभावना पार्टीको बिराटनगरमा जारी राष्ट्रीय कार्य समितीको बिस्तारित बैठकमा पाँच समुहकमा बिभाजन गरी बनाईएको समुका नेताहरूले प्रस्तुत गरिएको विभिन्न प्रस्ताव उपर प्रतिवेदन प्रस्तुत गरेका छन्।
समुहका नेताहरू बद्री प्रसाद मण्डल,  लक्षमणलाल कर्ण, नबल किशोर साह, ओम प्रकश यादव र देबेन्द्र प्रसाद यादवद्वारा प्रस्तुत प्रतिवेदनमा प्रमुखरूपमा आन्दोलनको बिकल्प नरहेकोले अबको आन्दोलन रणनीतिक र शसक्त हुनुपर्नेमा जोड़, मधेश आन्दोलनको क्रममा भएको सरकारी दमन र हत्याको निश्पक्ष न्यायिक छानबीनको मांग गरेका छन ।
यसैगरी  सरकारद्वारा आन्दोलनकारीहरू माथि झुठा मुद्दा लगाउने क्रम जारी राखेको, आन्दोलनमा मानविय क्षती कम हुने गरी रणनिती बनाउनुपर्नेमा जोड़, भूकम्प पिडीतलाई सरकारले हाल सम्म उचित ब्यवस्थापन गर्न नसकेकोमा खेद प्रकट गर्दै यथा सिघ्र ब्यवस्थापन गर्न सरकारसँग माग, मधेश लगायत राजधानी काठमाण्डौमा पनि मोर्चाले आन्दोलन गर्नु पर्ने, पार्टी संगठनमा रहेका निष्कृय ब्यक्तीलाई हटाई सक्रिय ब्यक्ती ल्याईनुपर्ने, पार्टी लेवी प्रणालीलाई दुरुस्त र कडाईका साथ लागुगर्नुपर्ने, पार्टी संगठन बिस्तार र प्रभावकारी आन्दोलनको निम्ती पार्टीले गाउँ गाउँ जनजागरण पदयात्रा गर्नुपर्ने, वर्गिय मंचहरू महाधिवेशन यथा सिघ्र गर्नुपर्ने, पार्टीको महाअधिवेसनको निम्ति गाउँ, नगर, जिल्ला अधिवेशनको मिती तोक्नुपर्नेमा सुझाव दिएका थिए। यस प्रतिवेदन माथि छलफल जारी छ।
 हिजो पार्टी राष्ट्रीय अध्यक्ष राजेन्द्र महतोको उद्घाटन मन्तब्यमा नौ वटा बैठकको एजेण्डा समसामयिक राजनीतिक परिस्थिति, आसन्न आन्दोलन तथा पार्टीको भावी कार्य योजना, संगठन समिक्षा तथा बिस्तार, पार्टी महाधिवेशन, राष्ट्रीय कार्य समिति पूर्नगठन, पार्टी लेवी प्रणाली, जनजागरण पदयात्रा, वर्गिय मंच महाधिवेशन र संगठन सम्बन्धि जिम्मेवारी बाँडफाँड प्रस्तुत गर्दै सम्पूर्ण सहभागीहरूलाई पाँच समुहमा बिभाजन गरी छलफल गराईएको पार्टी महासचिव सरोज कुमार यादवले बताउनुभयो।