संविधान सभामा हंगामा मचाउने सभासदद्वय सम्मानित

सभासद यादव र चाैधरीलार्इ सम्मान गर्दै एमाअाेवादी कार्यकर्ताहरु ।
सभासदलार्इ सम्मान गर्दै एमाअाेवादी कार्यकर्ताहरु ।

सप्तरीका सभासद्द्वय अशोक कुमार मण्डल र मानपुर चौधरीलाई बिहीवार सप्तरीको हनुमाननगरमा भब्य स्वागत तथा अभिनन्दन गरिएको छ ।
एकिकृत नेकपा माओवादीको हनुमाननगर गाउँ कमिटिले एक कार्यक्रमको आयोजना गरी सभासद्द्वयलाई सम्मान गरेका हुन् । संविधानसभामा सभासद् मण्डल, चौधरीसहितका सभासद्हरुले शोषित उत्पीडित जनताका लागि संघर्ष गरेको भन्दै उनीहरुलाई स्थानीयवासिन्दाहरुले फूलको माला, अबीरका साथ दोसल्ला ओढाएर सम्मान गरेका छन् ।
सप्तरी क्षेत्र नम्वर २ बाट निर्वाचित सभासद् मण्डल र १ नम्वर क्षेत्रका सभासद् चौैधरीलाई सयौं जनताले भेटेर समेत शुभकामना तथा बधाई दिएका छन् । माघ ५ गते राती सभासदद्वयसहित क्षेत्र नम्वर ३ का सभासद् उमेश कुमार यादवले सहमतिबाट संविधान जारी हुनुपर्ने अडान राख्दै प्रक्रियामा जान नदिनका लागि रोक्नका लागि हदैसम्मको प्रयास गरेका थिए ।
गाउँ कमिटिका अध्यक्ष राजेश्वर ठाकुरको अध्यक्षतामा आयोजित स्वागत तथा सम्मान समारोहमा बोल्दै प्रमुख अतिथि सभासद् मण्डलले आफूले शोषित उत्पीडित जनताका लागि संविधानसभामा आवाज उठाएको भन्दै आगामी दिनहरुमा समेत थप सशक्त भएर अगाडि बढ्ने विश्वास व्यक्त गरे । आफूहरुले संविधानसभामा गरेको संघर्षलाई प्रतिक्रियावादीहरुले गलत टिप्पणी गरिरहेको प्रष्ट पार्दै सभासद् मण्डलले त्यस्ता भ्रममा नपर्न उनले आम जनतासँग आग्रह गरे ।
कार्यक्रमका विशिष्ठ अतिथि सभासद् चौधरीले नेपाली कांग्रेस र एमालेले शोषित पीडित जनताको पक्षमा संविधान बन्न नदिने दाउमा रहेको बताए । सहमतीबाट नभई प्रक्रियाबाट प्रतिगामी संविधान लाद्ने काम भए त्यस्तो संविधानको कुनै औचित्य नरहने उनले दावी गरे । कार्यक्रममा पार्टीका क्षेत्र नम्वर–२ का एरिया ईञ्चार्ज बसन्त कुमार मण्डल, वाइसिएलका क्षेत्रीय संयोजक बिनोद कुमार साह, विरेन्द्र खिडहरीलगायतले मन्तव्य व्यक्त गरे ।