संविधान संशोधन आवश्यक :मन्त्री सीतादेवी यादव

शान्ति तथा पुर्ननिर्माण मन्त्री सीतादेवी यादव
शान्ति तथा पुर्ननिर्माण मन्त्री सीतादेवी यादव

शान्ति तथा पुर्ननिर्माण मन्त्री सीतादेवी यादवले मधेशी जनताको असन्तुष्टि हटाउन संविधान संशोधन आवश्यक रहेको वताएकी छिन् ।

राजविराजमा विहिवार नेपाली काँग्रेस सप्तरीले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा मधेशको मुद्दामा बोल्दै उनले यस्तो बताएकी हुन् । ‘जनतालाई न्यायको अनुभुति गराउन र मुलुकमा शान्ति स्थापनाका लागि संविधान संसोधन आवश्यक छ’ उनले भनिन् ‘वर्तमान संविधानबाट मधेशी जनता संतुष्ट नरहेकोले चाडै संविधान संसोधन हुन्छ ।’

संविधान संसोधनका लागि नेपाली काँग्रेसले सक्दो पहल गरिरहेकोले चाडै समग्र नेपाली जनताको हितमा संविधान संसोधन हुने बताईन् । उनले संविधानकै विषयलाई लिएर मुलुकमा छाएको अशान्तिलाई शान्त पार्नका लागि पनि संविधान संसोधनको विकल्प नरहेकोले कुनै पनि हालतमा संविधान संसोधन हुने र जसको लागि काँग्रेस कुनै पनि हदसम्म जाने बताईन् ।

मधेश काँग्रेसको मुटु रहेको भन्दै मन्त्री यादवले मधेश पिडामा रहँदा काँग्रेसले सधै पिडा महशुस गरेको वताईन । मधेश समस्या समाधानका लागि नेपाली काँग्रेस क्रियाशिल रहेको उनको भनाई थियो । नेपाली काँग्रेस सधै जनताकै हितका लागि अगाडी बढिरहेकोले संविधान संसोधन पनि काँग्रेसकै भुमिकाबाट हुने स्पष्ट समेत गरिन् । संसोधन बारे व्यवस्थापिका संसदमा छलफल भईरहेकोले छिटै नै टुग्गो लाग्ने उनले आश्वासन समेत दिईन् ।

अख्तियार दुरुपयोग अनुसन्धानका आयुक्त लोकमान सिंह कार्की विरुद्ध दर्ता गरिएको महाअभियोगको विषयमा बोल्दै मन्त्री यादवले लोकमानको महाअभियोग वारे काँग्रेस संसदिय दलले आवश्यक निर्णाय लिने वताईन ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेस सप्तरीका सभापति दिनेश यादवले संविधान संशोधन प्रक्रियावाट ध्यान हटाउन एमालले रणनीतिक रुपमा लोकमान प्रकरण उठाएको भन्दै मधेशको समस्यालाई लुकाउन थालिएको एमालेको षडयन्त्र दुर्भाग्यपुर्ण भएको टिप्पणी गरे ।

कार्यक्रममा नेपाल काँग्रेस सप्तरी क्षेत्र नम्वर ५ का सांसद तेजुलाल चौधरी, साँसद सकलदेव सुतिहार, ६ वटै क्षेत्रका क्षेत्रीय सभापति लगायतले दिपावली र छठ पर्वका शुभकामना व्यक्त गरेका थिए ।