संविधान नबनेसम्म कोइरालानै प्रधानमन्त्री

2पूर्वप्रधानमन्त्री शेरवहादुर देउवाले सुशील कोइराला नेतृत्वको सरकार सही दिसामा कार्य गरिरहेको बताउनु भएको छ । सरकारसँग कसैलाई असुन्तुष्टि हुनसक्छ त्यसको आफूहरु कारण नदेखेको बताउँदै उहाँले भन्नुभयो संविधान नबनेसम्म कोइरालानै प्रधानमन्त्री रहनुहुन्छ ।

जनकपुरमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै पूर्वप्रधानमन्त्री देउवाले माघ ८ मै संविधान घोषणा हुने त्यो आवश्यक नरहेको तर त्यसकै सेरोफेरोमा संविधान बनाउने तयारी भइरहेको उल्लेख गर्नुभयो । उहाँको कथन थियो माघ ८ भन्दा पहिला पनि हुनसक्छ, पछिपनि हुनसक्छ तिथिमै केन्द्रित भन्दा सहमतीकासँग संविधान बनाउने तर्फ लाग्नुपर्छ ।उहाँले काँग्रेस संविधान निर्माणको सवालमा अन्तिमसम्म लचकता अपनाउन तयार रहेको उल्लेख गर्नुभयो ।मधेशलाई छुट्टै राष्ट्र बनाउनुपर्ने माँग गरेपछि जेलमा रहेका सिके राउतको मुद्दा अदालतमा भएकाले उहाँले राउतको सम्बन्धमा कुनै प्रतिकृया दिन मान्नुभएन ।सो अवसरमा भौतिक योजना तथा निर्माण मन्त्री विमलेन्द्र निधिका पनि उपस्थिति रहेको थियो ।