शीतलहरका कारण मृत्यु हुनेको संख्या ६ पुग्यो, सरकारी वन्द, निजी अझै सञ्चालन

child cold schoolएक साता यता चलेको शीतलहरसँगै चिसो हावाका कारण सप्तरीमा मृत्यु हुनेको संख्या ६ पुगेको छ । शुक्रवार महदेवा गाँउपालिका २ अकवरपुरका ५८ वर्षीय सुकदेव यादबको जाडोको कारण मृत्यु भएपछि मर्नेको संख्या ६ पुगेको हो । यादबको जाडोका कारण मृत्यु भएको स्थानिय रामदेब यादबले जानकारी दिएका छन् ।

बिहान ५ वजे नहर किनारमा शौच गर्न गएका यादव चिसोले कठ्याङग्रीएर अचानक ढलेका थिए । उनलाई उपचारका लागि अस्पताल लाने क्रममा वाटोमै मृत्यु भएको रामदेबले वताए । विहिवार राती राजबिराज नगरपालिका वडा नम्वर १० झल्हीका ६५ वर्र्षीय कैलीदेबी खंग र वडा नम्वर २ का ६० वर्र्र्षीय नाजो बेगमको मृत्यु भएको वडा नं. २ का अध्यक्ष अरुण यादबले जानकारी दिए ।DSC09675

यसअघि छिन्नमस्ता गाउपालीका १ वरहीका ३५ वर्षीय रामदयाल राम, बिरपुरका ३६ वर्षीय कुलदिप राय र ७२ वर्षीया रजियादेवी रायको जाडोका कारण मृत्यु भएको थियो ।

यता, सप्तरीमा चिसोले ६ जनाको ज्यान गईसकेको छ । चिसोका कारण स्वास्थ्य संस्थामा विरामीको चाप वढेको छ । निरन्तरको शीतलहरले चिसिएको सप्तरीको मौसमका कारण सर्वसाधारण घरवाट कमै निस्किने गरेका छन् । तर, यस्तो अवस्थामा पनि केहि निजीविद्यालयहरुले विदा नदिएर परिक्षा राखिदिदा स–सना वालवालिका थर्थर काम्दै विद्यालय जान वाध्य छन् ।

ciso saptary 1शीतलहरसँगै वढेको अत्याधिक जाडोका कारण जिल्ला शिक्षा कार्यालयले जिल्लाका सवै ४१२ वटा सामुदायिक विद्यालय वन्द गराएको छ । जाडो वढेपछि एकसाता यता विद्यालय आउने विद्यार्थी संख्या पनि निकै घट्दै गएको थियो, अर्कोतिर वालवालिकालाई चिसोले पार्ने प्रभावलाई पनि ध्यानमा राखी विदा दिने निर्णय गरेका छौं । उनले भने तर केहि निजी विद्यालयले अझै विदा नदिएको सुनीन आएको छ । यसवारे आवश्यक पहल गर्छौ ।

यता, यस्तो प्रतिकुल मौसममा पनि परिक्षाको नाममा विद्यालय सञ्चालन गरेर केहि निजी विद्यालयले ससाना वालवालिकाको स्वास्थ्य माथि खेलवाड गरिरहेको स्थानीय अभिभावकको गुनासो छ । स्थानीय अभिभावक उमाकान्त साहले भने परिक्षा त वहाना मात्र हो अभिभावकसँग वाकी वक्यौता रकम असुल्न केहि निजी विद्यालयले वेमौसमको वाजा वजाएका छन् ।DSC09679

यता, प्याब्सन अध्यक्ष पञ्चदेव यादवले नीजी विद्यालय वन्द गर्ने निर्णय नभई सकेपनि एक दुई दिन यस्तै मौसम रहे वन्द गर्न सकिने जवाफ दिएका छन् । उनले भने–‘अहिलेसम्मको अवस्था हेर्दैछौं, झन प्रतिकुल भए प्याब्सन कार्यसमितिको वैठक वसेर विदा दिन्छौं ।’