शाही दम्पती दोश्रो बच्चाको पर्खाइमा

intlशाही भवनका अनुसार शाही दम्पतीले दोश्रो बच्चा पाउने खबरले अत्यन्तै खुशी र उत्साहित भएको देखिन्छ । ब्रिटेनका प्रधानमन्त्री डेबिट क्यामरनले यो खबरलाई आफ्नो ट्वीट मार्फत प्रसन्नता व्यक्त गरेको छ । क्लेरेन्स हाउसका अनुसार हाम्री महारानी दोश्रो पटक गर्भवती भएकोमा डचेस अफ क्याम्ब्रिजले समेत खुशी व्यक्त गरेका छन् । गर्भवती भएपछि महारानी केटले केही अप्ठ्यारो महसुस गरिरहेको हुँदा उनलाई चित्किसकको निगरानीमा राखिएको छ । क्लेरेन्स हाउसको अनुसार डचेस अफ क्याम्ब्रिजको प्रिन्स बिलियमको साथ सोमबार आक्सफोर्ड जाने कार्यक्रम रद्द गरिएको छ । प्रिन्स जार्ज केट र विलियमको पहिलो सन्तान हो । उनको जन्म दिन २ महिना अगाडी नै मनाईसकेको विविसीले जनाएको छ ।