शसस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा चेरस वरामद, तस्कर फरार, घटना शंकास्पद

प्रहरी वल मुख्यालय वराह वाहिनी पकलीवाट खटिएको विशेष प्रहरी टोलीले गए राती ठुलो परिमाणमा लागु औषध चरेस वरामद गरेको छ । तर, लागु औषधमा संलग्नहरुलाई14825756_10207754992860625_126945366_n पक्राउ गर्न सकेको छैन ।

सप्तरीको विसनपुर –वोदे वरसाई सडक खण्ड अन्तर्गत मानराजा गाविस स्थित स्थानीय चौकवाट भारततर्फ लैजाँदै गरेको करिव ३० केजी चरेस वरामद गरिएको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी र त
स्कर विच केहिछिन घम्साघम्सी परेको र तस्करले सशस्त्र प्रहरी जवान अरुण यादवको चोरी औलामा टोकेर चरेस फाल्दै फरार भएको सशस्त्र प्रहरी वल सिमा सुरक्षा कार्यालय राजविराजका सशस्त्र प्रहरी उपरिक्षक जयवहादुर खड्काले वताए ।
तस्करको खोजी कार्य जारी रहेको उनको भनाई छ ।

तर, ५ जनाको संख्यामा रहेका सादा पोसाकका प्रहरीले तस्करलाई समात्न नसकेको कुरालाई अर्थपुर्ण रुपमा हेरिदैछ । यस अघि पनि सशस्त्र प्रहरीले सप्तरीको पश्चिम पिप्रावाट ठुलो परिमाणमा गाँजा र हथियार वरामद गर्दा तस्कर फेला नपरेको जनाईएको थियो ।