वेष्ट इन्डिजसँग भारत पराजित

cricket-masterट्वान्टी–ट्वान्टी क्रिकेटमा विश्व विजेता वेष्ट इन्डिजसँग भारत एक रनले पराजित भएको छ । अमेरिकाको फ्लोरिडामा गएराति भएको खेलमा वेष्ट इन्डिजले प्रस्तुत गरेको दुई सय ४६ रनको लक्ष्य पछ्याएको भारतले पूरै ओभर खेल्दै चार विकेटको क्षतिमा दुई सय ४४ रन मात्र बनाएको हो ।

अन्तिम ओभरमा जितका लागि ८ रन चाहिएको अवस्थामा भारतले ६ रन मात्रै बनाएर खेलमा हार ब्यहो¥र्यो । अन्तिम ओभरमा जितका लागि ८ रन चाहिएको अवस्थामा भारतले ६ रन मात्रै बनाएको हो ।१९ ओभरमा तीन विकेटको क्षतिमा दुई सय ३८ रन बनाएको भारतका लागि अन्तिम ओभरको पहिलो बलमा कप्तान महेन्द्रसिंह धोनीले एक रन बनाए । तेस्रो बलमा राहुलले पनि एक रनमात्र बनाए । चौथो बलमा धोनीले दुई रन लिए । एक बल बाँकी हुँदा भारतलाई जितका लागि दुई रन मात्रै चाहिएको थियो ।

ब्याटिङ गर्न आएका धोनीलाइ ब्रावोले आउट गराए । धोनी आउट भएसँगै भारत ट्वेन्टी–ट्वेन्टी विश्व च्याम्पियन वेष्ट इन्जिडसँग एक रनले पराजित भयो । यसअघि पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले ६ विकेटको क्षतिमा दुई सय ४५ रन बनायो । दोस्रो ट्वान्टी–ट्वान्टी आज हुँदैछ ।