विहारका जल संसाधन मन्त्री चतरा आउदै

बिहारका जल संसाधन मन्त्री लालन सिंह बिशेस बिमानबाट शुक्रबार बीरपुर   बिमानस्थलमा ।
बिहारका जल संसाधन मन्त्री लालन सिंह बिशेस बिमानबाट शुक्रबार बीरपुर बिमानस्थलमा ।

मन्त्रीमंडल गठन भएपछि भारत विहारका नितिश कुमार नेतृत्वको दुइ प्रभाबशाली मन्त्री आज सप्तकोशी नदीको निरिक्षणको लागी चतरा आउदै छन ।

बर्षायाममा पानीको बहाव बढेर कोशीको तटबन्ध भत्किदा नेपाल भारतमा ठुलो जनधनको क्षती हुन नदिन बाढीपुर्व कोशीको अबस्था बुझन जल संसाधन मन्त्री लालन सिंह र उर्जा एबमं बाणिज्य कर मन्त्री विजेन्द्र प्रसाद यादब आउन लागेको हो ।

कुशहा, राजाबास, प्रकाशपुर, पुल्थैगौडा हुदै बराहक्षेत्रसम्मको निरिक्षण गर्ने कार्यक्रम रहेको छ ।
शुक्रबार अपराहन विशेष विमानबाट सिमाबर्ती इलाका विरपुर आएका मन्त्रीले स्थानिय सञ्चारकर्मी, कोशी क्षेत्र अन्तरगतका कर्मचारीहरुसित समिक्षा बैठक गरेका छन ।

उक्त भ्रमण टोलीमा जलसंसाधन विभागका मुख्य सचिव अरुण कुमार सिंह, डिई ई.राजेश कुमार, ई.इन्दु भुषण कुमार, जिल्ला अधिकारी बैद्यनाथ यादब, डिएसपी डा. अखिलेश कुमारका अतिरिक्त दरभंगा, समस्तीपुर र विरपुरका कार्यलय प्रमुख समेतको सहभागीता रहेका छन । 12650706_10205789264038633_417819355_n