विरगंज नाका खुल्दैन, आन्दोलन थप सस्क्त : उपेन्द्र यादब

rangeli sabyatra (3)संघिय सामाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादबले विरगंनज नाका तत्काल नखुलने बताउदै आन्दोलन थप सस्क्त पार्ने बताएका छन् ।

सिरहाको लहानमा विहिबार आयोजित एक कार्यक्रममा वोल्दै अध्यक्ष यादवले खुकुलो पारिएको विराटनगर, वेलहैया, सुनौली लगायतका नाका पनि पुर्ण ठप्प गर्ने उद्दघोष गरे । ठुला तिन दलले आफु खुसी जर्वजस्ती संविधान जारी गरिएको र आफनै पार्टी भित्रका केहि सभासदहरुलाइ खुसी पार्न संविधान संशोधन गरिएको बताउदै यादबले संविधान पुर्नरलेखन नगरेसम्म आन्दोलन जारी रहने बताए ।

अध्यक्ष यादबले भने,-” संविधान संशोधनमा हाम्रो कुनै संलग्नता छैन, संशोधनबाट मधेशी मोर्चाले बुझाएको ११ बुन्दै माँग सम्बोधन भएको छैन । अब हामीले नाका, राजमार्गसंगै काठमान्डौं केन्द्रित आन्दोलन सशक्त पार्छो ।” मोर्चा बार्ता र सम्बादबाटै समस्याको सामाधान गर्न खोज्दा सरकारले वेवास्ता गरेको आरोप लगाउदै यादबले पहाडका केही जिल्लामा आन्दोलन चल्दा तत्काल बार्ता गर्ने र हामीले ५ ६ महिना देखि आन्दोलन गर्दा माँग पुरा गर्नुको सटा दमन गर्ने नितिले सरकार नश्लवादी चिन्तनबाट ग्रसित मधेशी विरोधी रहेको पृष्टी भएको बताए ।

मोर्चा संघिय गठबन्धन बनाउने निती लिएको तर लोभी, पापी, भ्रष्टाचारीहरुलाइ कुनै पनि हालतमा गठबन्धनमा सामावेश नगर्ने प्रष्ट पारे । अमेरिका, भारत र वेलायत जस्तो लोकतान्त्रीक मुलुकमा पनि भुगोलको आधारमा निर्वाचन क्षेत्र कायम गरिएको छैन, अध्यक्ष यादबल भने,-’ तर हाम्रो देशमा बहुसंख्यक मधेशीलाइ अधिकारबाट बञ्चित गर्न मात्र भुगोलको आधारमा निर्वाचन क्षेत्र कायम गर्न खोजिएको छ । त्यो हामीलाइ कदापी स्वीकार छैन, जनसंख्याको आधारमा मात्र निर्वाचन क्षेत्र तोक्नु पर्छ ।’

मधेशी मोर्चामा कुनै विवाद नरहेको बताउदै अध्यक्ष यादबले भने केहि मिडियाले हामी विच फुट ल्याउन प्रयास गर्दे छ, मोर्चा तराइमा २ प्रदेश लिएरै रहन्छ । सरकार कालोबजारी र तस्करीबाट मुलुक चलाइरहेको आरोप लगाउदै केहि दिनमै सरकार ढल्ने चेतावनी दिए ।

सो कार्यक्रमा ५ सय बढी विभिन्न पार्टी परित्याग गरी फोरम नेपालमा प्रवेश गरेका छन । सो सभालाइ केन्द्रिय कोषाअध्यक्ष विजय यादब, राजलाल यादब लगायतका बक्ताहरुले वोलेका थिए ।