वालुवा गिटीमा ब्रहमलुट,ठेकेदारद्धारा अबैध कर असुली

 ठेकेदार मो. सागीर हुसैन
ठेकेदार मो. सागीर हुसैन

ठेकेदार कम्पनीले मनपरी कर उठाईरहेको विषयमा आवाज उठाउने ब्यक्तिहरुलाई ठेकेदारले जिविस र प्रहरीसितको मिलेमतोमा उल्टै कारबाही गराउनतर्फ अग्रसर भएको प्राप्त प्रमाणहरुले देखाएको छ ।

ठेकेदार कम्पनीले राजश्व संकलनमा केही ब्यक्तिहरुले अवरोध पु¥याईरहेको भन्दै आवश्यक कारबाही गर्ने भनि जिविस र प्रहरीलाई गुहार्ने र दुवै निकायले ठेकेदारलाई साथ दिने गरिएको पाईएको छ । कमलपुरका बालुवा उत्खनन् गर्ने दीपेन्द्र यादवले बालुवा ढुवानी गर्ने सवारीसाधनसित बढी पैसा असुली नगर्ने र ठेकेदारको निर्देशनबमोजिम नचलेपछि उनीमाथि कारबाही गर्न ठेकेदार कम्पनीले पटक–पटक जिविस र प्रहरीमा निवेदन नै दिएको छ ।

‘मैले गैरकानूनीढंगले कर नउठाउने भएपछि मलाई राजश्व संकलनमा अवरोध पु¥याएको भन्दै झुठा मुद्दामा फ“साउन खोजिएको छ’, यादवले भने, ‘यसविषयमा आफूले स्थानीय विकास अधिकारी र सप्तरीका प्रहरीका प्रवक्तालाईसमेत जानकारी गराईसकेका छौं ।’ सप्तरीका प्रहरी प्रमुख एसपी दिबेश लोहनीले अवैद्य कर असुली गरिने जोकोहीलाई कानूनी दायराभित्र ल्याउने बताए ।

सप्तरी जिल्ला स्थित बिभिन्न खोलावाट भईरहेको वालुवा गिटी निकासीमा जिल्ला बिकास समितीका ठेकेदारले मनोमानी ढंगवाट नियम विपरित कर असुली गरिरहेको पाईएको छ । जिबिस र प्रहरी समेतलाई आर्थिक प्रलोभनमा पारी ठेकेदारले दैनिक रुपमा लाखौ रुपैया गैर कानुनी असुली गरिरहदा समेत समबन्धित निकाय मौन देखिएको छ । ठेकेदारले तोकिएको दररेट भन्दा कयौ गुणा बढी कर असुली गर्दा घर निर्माणका लागि उपभोक्ताले खरिद गर्ने वालुवा गिटी अत्यधिक महंगो भएको छ । ठेकेदारले अनाधिकृत कर असुली गरेको बिषयमा ट्रक ब्यबसायीले पटक पटक जिबिस सप्तरीमा उजुरी गरेपनि जिबिसले कारवाही गर्ने नाममा झारो टार्ने काम मात्र गरिरहेको पीडित ब्यबसायी दीपेन्द्रकुमार यादबले बताए । ‘जिबिस त उल्टै ब्यबसायी माथी नै खनिन्छ’यादबले भने,‘ठेकेदारको मनोमानी हेर्देनन जसले दैनिक लाखौ रुपैया अनाधिकृत उठाईरहेको छ ।’ यादबले ठेकेदारको मनोमानीमा जिबिसका उच्च तहका कर्मचारी समेत सहयोग गरिरहेको आरोप लगाए ।
कसरी असुलिन्छ गैर कानुनी रकम
gitti (1)सप्तरी जिल्लामा पुर्वउतरमा गंगाजली,पौडा र सुन्दरी र पश्चिममा सिसुवारी स्थित खोलावाट वालुवा गिटी उत्खन्न गर्ने गरिन्छ । जस मध्ये गंगाजली खोलाको वालुवा घर निर्माणमा समेत प्रयोग गर्ने गरिन्छ । बिगतका वर्षहरुमा जिबिस सप्तरीका कर्मचारीको अक्रमन्यताका कारण ठेक्का समेत लाग्न नसकेको खोलानालाको वालुवा गिटी उत्खन्न,संकलन र निकासी कर यसवर्ष १ करोड ७५ लाख रुपैयामा चा“द कन्ट्रक्सन पातोले टेण्डर कबोल गरेको छ । ठेक्का सम्झौता अनुसार ठेकेदारलेप्रति क्युबिक फिट वालुवाको २ रुपैया ५० पैसा मात्र संकलन गर्नुपर्नेछ । तर ती सम्झौता कागजमा मात्र सिमित भएको ट्रक धनी उज्जवलकुमार झाले बताए । ‘तोकिएको दररेट भन्दा कयौ गुण बढी पैसा लिन्छ’झाले भने, तर रसिद भने थोरैको दिएर सिधा ठगी गर्ने गरेको छ ।’ एउटा ट्रकमा ५ सय क्युबिक वालुवा ल्याउदा जिबसि र ठेकेदार बीचको सम्झौता अनुसार कर वापत कुल १२ सय ५० रुपैया लाग्नुपर्ने हो । ‘१२ सय ५० त जिबिस सित गरिएको सम्झौता मात्र हो’स्थानिय भण्डारक दिपेन्द्रकुमार यादबले भने,‘१२ सय ५० को रसिद दिएर ८ हजार रुपैया माग्छन् नदिए प्रहरी लगाएर गाडी र चालकलाई थुनाउछन् ।’ ‘गैर कानुनी काम गर्ने ठेकेदारलाई कारवाहीको दायरामा ल्याउनुको सटा प्रहरीले आवाज उठाउने ब्यबसायी र सर्वसाधारणलाई नै बन्दुकको बलमा तर्साउछन्’यादबले भने,‘प्रहरीले गैरकानुनी काममा ठेकेदारलाई गरिरहेको संरक्षणले प्रहरीको नियत पनि प्रष्टिएको छ ।’ ‘बिल अनुसारको मात्रै पैसा दिने कुरा गर्दा गाडी अगाडी नै बढन दिदैनन्’ट्रक चालक रामलाल यादबले भने,हामीले करवापत गैर कानुनी रुपमा बढी रकम दिनुपरेपछि उपभोत्त माथी नै त्यो रकम थप्नुपर्ने हुन्छ ।’ गंगाजली पौडा र सिसुवारी खोला लगायतवाट निकासी हुने वलुवा गिटी यसवर्ष एक करोड ७५ लाखमा ठेक्का लागेपनि ठेकेदारले गैर कानुनी रुपमा रकम संकलनको हिसाव गर्दा वर्षिक ५७ करोड रुपैया उठाउने गरेका छन् । सो उठाईएका रकम मध्ये केही प्रतिसत प्रहरी,जिल्ला बिकास समिती र स्थानिय गुण्डा नाइकेहरुलाई दिनेगरेको स्रोतले जनायो । एक ट्रक वालुवा निकासी गर्दा जिबिसको पट्टा अनुसार कुल १२ सय ५० रुपैया कर लाग्नुपर्ने हो । तर ठेकेदारले रसिद १२ सय ५० कै दिएर ८ हजार लिदा ६ हजार ७ सय ५० रुपैया एउटा ट्रकवाट मात्रै गैर कानुनी असुली गर्छ । दिनमा सय ट्रिप भन्दा बढी ट्रक वालुवा लिएर खोलावाट निस्कने गरेको छ । ट्रकवाट मात्र दैनिक ६ लाख ७५ हजार रुपैया गैर कानुनी असुली हुने गरेको छ । ट्रक मात्र होइन्,ती खोलाहरुवाट करिब १ सय ५० ट्रयाक्टर,५० भन्दा बढी टिप ट्रिपर वालुवा लिएर निस्कने गरेको छ । ती सबै सवारी साधनवाट असुल गरिने गैर कानुनी रकम ५७ करोड रुपैया वार्षिक हुन आउछ । ठेकेदारमात्र होइन्,जिबिसको लापरवाही त सिधै जनतालाई प्रतिकुल हुने गरि अबस्था सृजना भएको छ । कुनै पनि खोलानालावाट वालुवा गिटी निकाल्दा वातावरणीय परिक्षण गरेर वालुवा निकाल्ने मापदण्ड तोकेर वालुवाको परिमाण नै तोक्नुपर्ने हो । तर जिबिस सप्तरीले उक्त वातावरणीय परिक्षण नै नगरेको खुलेपछि लगाएको ठेक्का पनि कानुनी दृष्टीले अबैधानिक छ ।gitti (2)
प्रहरी पनि सहयोगी
जिबिस सप्तरीले लगाएको वालुवा निकासी करको गैरकानुनी असुलीमा प्रहरी पनि ठेकेदारलाई संरक्षण गरेको पाईएको छ । जिबिसले तोकेको कर मात्रै बुझाउने ट्रकलाई ईलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरिक्षक गौरब महतको निर्देसनमा प्रहरीले अनाबश्यक पक्राउ गर्ने गरेको वालुवा भण्डारक दिपेन्द्रकुमार यादबले बताए । पक्राउ गरिने ट्रक संचालकले कर वाहेक गैर कानुनी रकम बुझाए मात्र छोडने गरेको यादबले बताए । प्रहरीले गैर कानुनी असुलीमा सघाए वापत ठेकेदारवाट १० प्रतिसत रकम पाउने गरेको स्रोतले बतायो । जिल्ला प्रहरी प्रमुख एसपी दिबेश लोहनीले गैर कानुनी असुली गर्ने ठेकेदार र त्यसमा सघाउने जो कोहीलाई पनि कारवाहीको दायरामा ल्याउने बताए ।
जिबिसका कर्मचारी मिलाउदै अबैध रकम उठाउदै
जिबिसले लगाएको ठेक्कामा गैर कानुनी असुली गर्ने ठेकेदारलाई जिबसिका केही कर्मचारीको साथ सहयोग रहेको छ । लामो समयदेखी जिबसि सप्तरीमा कार्यरत नायव सुब्बाद्धय कमलेश्वरी बिराजी र गौतम चौधरीले ठेकेदारको गैर कानुनी असुलीमा सहयोगी बन्ने गरेको जिबिसका एक कर्मचारीले बताए । ती कर्मचारीका अनुसार गैर कानुनी असुली वापत आउने रकममा जिबिसका लागि विराजी र चौधरीले रकम लिने र उक्त रकम जिबिसका उच्च तहका कर्मचारी सम्म भागवण्डाका आधारमा वितरण गर्ने गरिएको छ । सप्तरीका स्थानिय बिकास अधिकारी सुदेब पोखरेलले ठेक्केदारले सम्झौता भन्दा बाहिर गएर रकम असुली गरिरहेको जानकारीका आधारमा ठगीमा कारवाही चलाउन जिल्ला प्रहरी कार्यालयमा लिखित आग्रह गरिसकिएको बताए । ‘ठगीमा कारवाही गर्ने निकाय जिबिस होइन्’स्थानिय बिकास अधिकारी पोखरेलले भने,‘पटक पटक प्रहरीलाई पत्राचार गरिएको छ ।’ जिबिसले कारवाहीका लागि पटक पटक पत्राचार गर्दा पनि कारवाही नचलाउदा प्रहरीको मानसिकता प्रष्टिएको छ ।