वार्ता सार्थक नभए राज्य विरुद्ध प्रतिरोधात्मक आन्दोलन : उपेन्द्र यादव

DSCF9859सिमांकन, राज्य र केन्द्र विच शक्ति तथा स्रोतको न्यायोचित्त वाँडफाँड हाम्रो मुख्य एजेण्डा हो, यस प्रति राज्य साकारात्मक नदेखिए वार्ताको कुनै औचित्य रहदैन ।’‘उग्र वामपन्थी राष्ट्रवादी चिन्तले मुलुकको एकतालाई खतरा’

संघिय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले हाल सम्म सरकाले वार्ताको नौटंकी मात्रै गरेको भन्दै आजको वार्ता पनि फलदायी हुनेमा आफुलाई शंका नै रहेको बताउदै सरकारसँग हुन लागेको वार्ता सार्थक नभए मोर्चाले सरकारसँग तत्काल वार्ता वारे पुर्नविचार गर्न सक्ने वताएका छन् ।

विहिवार विहान राजविराजमा एक पत्रकार सम्मेलनको आयोजना गरी यादवले यस्तो वताएका हुन् । ‘हालसम्मको वार्ता नौटंकी मात्रै सावित भएको छ, सरकार वार्ता प्रति खासै गम्भीर देखिएको छैन’, यादवले भने, ‘आज हुन भनिएको वर्तामा सिमांकन वारे प्रष्ट धारणा सार्वजनीक नभए हामि अझ सशक्त आन्दोलनमा जान बाध्य हुने छौ ।’

मोर्चाको मुख्य मागहरु सरकार अझै गम्भीर हुन नसकेको आरोप लगाउँदै यादवले भने, ‘सिमांकन, राज्य र केन्द्र विच शक्ति तथा स्रोतको न्यायोचित्त वाँडफाँड हाम्रो मुख्य एजेण्डा हो, यस प्रति राज्य साकारात्मक नदेखिए वार्ताको कुनै औचित्य रहदैन ।’
सिमांकनको सबालमा राज्य पुर्नसंरचना आयोगले दिएको प्रतिवेदन आफुहरुको बँटम लाईन रहेको वताउँदै यादवले एउटा आयोगको प्रतिवेदन न मान्ने अनि अर्को आयोग मार्फत संघियताको सिमांकन संबन्धी विवाद टुंगो लगाउने सरकार तथा प्रमुख दलहरुको दोहरो मापदण्ड प्रति समेत प्रश्न उठाएका थिए । आफुहरुले उठाएका मागहरु वार्ता भएको ४८ घण्टा भित्र संविधान संशोधन गरी कार्यान्वयन नभए सम्म आन्दोलन फिर्ता नहुने अडान समेत यादवले दोहरीयाए ।
विहिवार हुने वार्ता सार्थक नभए कार्तिक १४ गते जनकपुरमा हुने मोर्चाको बैठकवाट आगमि रणनीति र आन्दोलनको स्वरुप वारे पुर्नविचार हुने यादवले जानकारी गराए । आन्दोलनको स्वरुप वारे राखिएको जिज्ञासा माथि बोल्दै यादवले शान्तिपुर्ण अहिंसात्मक आन्दोलन हुँदै आफुहरु असहयोग आन्दोलनमा लागेको र अबको आन्दोलन पुर्ण प्रतिरोधात्मक सम्म पुग्ने स्पष्ट पारे ।
वर्तमान सरकार र प्रमुख राजनीतिक दलहरु राजा भन्दा पनि निरंकुश र तानाशाह भएको वताउँदै यादवले कर्णाली, सुदुर पश्चिम तथा काठमाण्डौ र तराई मधेशका आन्दोलनकारीहरुका लागि राज्यले छुट्टा छुट्टै विभेदपुर्ण रणनीति अपनाएको भन्दै हाल मुलुकमा देखिएको उग्र राष्ट्रवादी र वाम पन्थी चिन्तन मुलुकमो हितमा नरहेको गुनासो समेत व्यक्त गरे ।
आफुहरु प्रारम्भमा शान्तिपुर्ण अहिंसात्मक आन्दोलन गर्दा त्यसलाई विखण्डनवादी राष्टघाति र आपराधिक संज्ञा दिईएको तथा असहयोग आन्दोलन स्वरुप नाकाहरुमा धर्ना वस्दा उग्र राष्टवादका कुरा उठाएर आन्दोलन विरुद्ध षड्यन्त्र थालिएको यादवको भनाई छ ।
नश्लवादी सामुदायिक चिन्तनका कारण मुलुकको एकतानै खतरामा पुगेको प्रचि चिन्ता व्यक्त गर्दै यादवले उग्र राष्टवादी तथा वाम पन्थी चिन्तनले कहिले पनि मुलुकको हित गर्न नसक्ने स्पष्ट पारे ।
पुर्व परराष्ट मन्त्री समेत रहेका यादवले हाल नेपालको विदेश निती ब्लैक मेलिगंको निती अनुरुप अगाडी वढाउन खोजिएको आरोप लगाएका । ‘कहिले भारतलाई नजिक पारेर चिनलाई ब्लैक मेल गर्ने त कहिले चिनलाई नजिक पारी भारतलाई ब्लैकमेल गर्ने नीतिले कहिले पनि मुलुकको हित हुन सक्दैन’, उनले भने, ‘महेन्द्रकालिन विदेश नितीवाट अझै हाम्रो मुलुकले छुटकारा पाउन नसक्नु दुर्भाग्यपुर्ण हो ।’
प्रधानमन्त्री चुनावमा भाग लिनु आफुहरुको रणनीति तहत उठाईएको कदम भएको स्पष्ट पार्दै यादवले प्रधानमन्त्री चुनावमा भाग लिनुको अर्थ संविधाननै स्विकार्य गर्नु नरहेको वताए ।