वाम र मधेशवादी दुवै जना देश र जनताको कदर गरेर अगाडी बढनुपर्ने : मात्रिका

20180125_225331नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व मन्त्री मात्रीका प्रसाद यादवले वाम र मधेशवादी दुवै जना देश र जनताको कदर गरेर अगाडी बढनुपर्नेमा जोड दिएका छन् । ‘देशमा वाम गठबन्धन र दुई नम्बर प्रदेशमा जनताले मधेशवादी शक्तिलाई जनादेश दिएको छ, दुवै जना देशको कदर गरेर अगाडी बढ्नु पर्छ’–उहाँले भन्नुभयो ।

नेकपा माओवादी केन्द्र सप्तरीको सम्मान ग्रहण गर्न शुक्रवार राजविराज आई पुगनुभएका यादवले २ नंम्वर प्रदेशमा वाम गठबन्धनलाई मधेशको जनताले स्वीकार नगरेको स्वीकारोक्ति समेत गर्नुभयोे । उहाँले भन्नुभयोे–मधेशको जनताले वाम गठबन्धनलाई खुद्रा रुपमा स्विकार त ग¥यो तर जुन रुपमा गर्नुपर्दथ्यो त्यसरी गरेन । वाम गठबन्धनले मधेशको माँग पूरा गर्छ कि गर्दैन भन्ने कारणले पनि मधेशको जनताले गठबन्धनलाई स्विकार नगरेको तर्क समेत उहाँले गर्नुभयो ।

मधेशी जनतामा अझै पनि चेतनाको अभाव रहनुको साथै मधेशवादी दलका केहि नेताहरु मुद्दा स्पष्ट गर्नुको साथै भावनामा मात्र मधेशी जनतालाई वगाउन खोजेको र त्यसको भुक्त भोगी सप्तरी समेत भएको दावी उहाँले गर्नुभयोे । वाम गठबन्धनले मधेशी जनताको भावनालाई आत्मसाथ गर्न नसकेको भन्दै उहाँले भन्नुभयोे वाम विचार छ तर भावना छैन, मधेशमा भावना छ तर विचार छैन ।

देशलाई सवल बनाउन मधेश र पहाड, पहाड र मधेश मिल्न जरुरी रहनुका साथै सहकार्य गर्न समेत जरुरी रहेकोमा उहाँले जोड दिनुभयो । एक अर्काको आलोचना गर्नु भन्दा पनि सूझाव र सल्लाह लिनु र दिनु पर्नेमा उहाँले जोड दिनुभयो ।

दुई नम्बर प्रदेशमा मधेश गठबन्धनको सरकार बन्ने दावी गर्दै उहाँले मधेशवादी नेताामा संकिर्णता रहेको आरोप लगाउनुभयो । संकिर्णताका कारण आफ्नो फाइदा समेत उनिहरुले सोचन नसकेको तर्क समेत उहाँले गर्नुभयोे । राष्ट्र सभाको निर्वाचनमा हामी संग तालमेल गरेको भए मधेशवादीले पाँच सिट पाउने थियो तर कांग्रेससँग गठबन्धन गरेर चार सिटमै चित बुझाउन पुग्यो उहाँले भन्नुभयो।

कांग्रेस मधेशको हित गर्ने पार्टी नरहेको आरोप लगाउँदै नेता यादवले मधेशवादीलाई सहि वाटोमा ल्याउने कोसिस गर्नुको साथै कांग्रेससँगको मोह आफुहरुले तोडन खोजेको र दुई पक्ष विच बढेको दुरी समेत कम गर्न खोजेको वताउनुभयो । उहाँले भन्नुभयोे –‘कांग्रेस मधेशको हित गर्ने पार्टी भएको भए प्रचण्डले लगेको संविधान संशोधन प्रस्ताव किन जस्ताको त्यस्तै टेवुल गराएनन् ।’