वरिष्ठ पत्रकार रामाशिषको निधन

ramashis नेपालमा लोकतन्त्र तथा शोषण उत्पीडनमा परेको नेपाली जनताले मानसम्मान र समान अधिकार प्राप्तिको लागि गरेको अनवरत संघर्षको पक्षमा अनवरत रुपमा कलम चलाएका भारतीय पत्रकार रामअशिषको आज विहान काठमाण्डौ, ज्ञानेश्वर स्थित हिमाल हस्पीटलमा ७९ वर्षको उमेरमा हृदयघात भई असामयिक निधन भएको छ ।

लोकतन्त्रको पक्षमा पत्रकारिता गरेको आरोपमा पंचायतकालिन शासन सत्ताद्धारा पटक पटक थुनिनुपरेका रामअशिष भारत नेपाल मैत्रीको लागि निर्वाह गरेको भूमिका, निष्ठापूर्ण पत्रकारिता र अनुभवी व्यक्तित्वका लागि नेपाली जनताबीच सदा स्मरणीय रहनेछन् । स्व. रामअशिषको निधनबाट पत्रकारिता जगतलाई एक दुरद्रष्टा र अनुभवी पत्रकार गुमाएको हाम्रो ठहर छ ।

स्व. रामअशिषको असामयिक निधनले हुन गएको अपुरणीय क्षति प्रति गहिरो शोक प्रकट गर्दै शोकसन्तप्त परिवारजन प्रति सप्तरी जागरण ऑनलाइन परिवार समवेदना व्यक्त गर्दछ ।
गएको १२ जुनका दिन बिहारको सितामढी सुरसण्ड गाउँमा उहां दुर्घटणामा पर्नु भएको थियो । तिब्र गतिमा आईरहेको साईकलले ठक्कर दिँदा रामाशिषको ढाडको हड्डीमा गंभीर चोट लागेको थियो । ४६ बर्षदेखी नेपालमा अनवरत् पत्रकारिता गरिरहनु भएको थियो । बिभिन्न भारतीय समाचार एजेन्सीहरू र भारतका ख्याती प्राप्त पत्रपत्रिकाका लागि काठमाण्डौबाट लेख्दै रहनु भयो । पंचायती व्यवस्थाका समयमा उहांलार्इ देश निकाला समेत गरियो । २०४२ सालमा रामराजा सिंहको अाह्वानमा भएको शसस्त्र बम काण्डमा सहयोग गरेको अारोप पनि उहां माथि लगार्इएको थियो ।