वरिष्ठ पत्रकार भट्टराईलाई पितृशोक

???????????????????????????????नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष समेत रहेका सप्तरीका वरिष्ठ पत्रकार शिवहरि प्रसाद भट्टराईलाई पितृशोक परेको छ ।


राजविराज नगरपालिका वडा नम्वर–६ निवासी भट्टराईका पिता मुक्तिनाथ भट्टराई ‘मुक्ति बाजे’को ९२ वर्षको उमेरमा शनिवार राती करिब साढे एघार बजेको समयमे निधन भएको हो । गत शनिवार ब्लड प्रेसरको समस्याबाट ग्रसित भएका उनको घरमै चिकित्सकको रेखदेखमा उपचार हुँदैआएको थियो । मालपोत कार्यालयका पूर्व कर्मचारी समेत रहेका उनी घरमै अवकाश जिवन बिताउँदैआएका थिए । धार्मिक गतिविधिमा विशेष दखल भएका मृतक ‘मुक्ति बाजे’ जोखना(केही हराएको कुरा भन्ने) हेर्ने काम समेत गर्दैआएका थिए ।

जिल्लामै प्रसिद्धमै कमाएका उनको अन्तिम संस्कार हिन्दू परम्परा अनुसार सप्तकोशी व्यारेजमा आइतवारै गरिने छ ।दिवङ्गत ‘मुक्ति बाजे’को पार्थिव शरिरमा जेठो छोरा वरिष्ठ पत्रकार शिवहरि प्रसाद भट्टराईले मुखाग्नि दिने पारिवारिक श्रोतले जनाएको छ । मृतक भट्टराईका पत्नी बालकुमारी, दुई छोरा शिवहरि र कृष्णहरि, छोरी इन्दिरा र बुहारी बिन्दु रहेको छ ।


प्रेस काउन्सिल नेपालक पूर्व सदस्य, सप्तरी शाखाक पूर्व सभापति समेत रहेका उनी राजविराजको सी–एफएमका प्रवन्ध निर्देशक, सूचना साप्ताहिकका सम्पादक, ईमेज टेलिभिजन र नेपाल समाचारपत्रका सप्तरी सम्वाददाताको रुपमा रहि विगत पाँच दशकदेखि सक्रिय रुपमा पत्रकारिता गर्दैआएका छन् ।