रिमोटबाटै विस्फोट गराउन सक्ने बम सेनाद्वारा निष्क्रिय

 rdx remot boomराजविराज–कुनौली सडकखण्डमा पर्ने सशस्त्र प्रहरी बल सिमा सुरक्षा कार्यालय रन्जितपुर छेउमा फेला परेको शक्तिशाली बम मङ्गलवार नेपाली सेनाको भीम दल गणको टोलीद्वारा निष्क्रिय पारिएको छ ।पाँच लिटरको कुकरमा आरडिएक्स प्रयोग गरेर रिमोटबाट पड्काउन मिल्ने गरी बनाइएको बम सशस्त्रको कार्यालय नजिकैको खेतमा लुकाइराखेको अवस्थामा बरामद गरेको हो।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले उक्त बम पड्काउने योजना बनाईरहेको अवस्थामा स्थानीय नहर छेउबाट प्रहरीले सोमवार राती बरामद गरेको थियो । गोप्य सूचनाका आधारमा प्रहरीले शंकास्पद दुई जनालाई व्यक्तिलाई चेकजाँच गर्दा उनीहरुको साथबाट अत्याधुनिक रिमोट फेला परेको थियो ।

अनुसन्धान गर्दै जाँदा चौक नजिकै बम फेला परेको थियो । बमसँगै आरडिएक्स (RDX) नामक विष्फोटक पाउडर समेत करिब दुई किलो बरामद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले जानकारी दिनुभयो ।IMGL7774

राजविराज नगर क्षेत्रमा कुनै व्यक्तिको घरलाई लक्षित गरी विष्फोट गराउने योजना रहेको हुनसक्ने प्रारम्भिक आशंका गरिएको छ । करिब एक किलोमीटरको दुरीबाट रिमोट थिचेर विष्फोट गराउनसक्ने शक्तिशाली बम विष्फोटको थप अनुसन्धान भईरहेको प्रहरी उपरीक्षक सिंहले बताउनुभयो ।