राष्ट्र विखण्डनको पक्षमा मधेशी जनता नै छैन् : राजकिशोर

राजविराजमा मङ्गलवार आयोजित पत्रकार सम्मेलनमा मधेशी जनअधिकार फोरम (गणतान्त्रिक) का अध्यक्ष राजकिशोर यादवलगायत नेतागण ।
राजविराजमा मङ्गलवार आयोजित पत्रकार सम्मेलनमा मधेशी जनअधिकार फोरम (गणतान्त्रिक) का अध्यक्ष राजकिशोर यादवलगायत नेतागण ।

मधेशी जनअधिकार फोरम (गणतान्त्रिक) का राष्ट्रिय अध्यक्ष राजकिशोर यादवले मधेशलाई छुट्टै राष्ट्र बनाउने विखण्डनकारी कुरा मधेशकै हितमा नरहेको बताएका छन् । पार्टीको सप्तरी जिल्ला कार्य समितीले मङ्गलवार राजविराजमा आयोजना गरेका पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो कुरा बताएका हुन् ।

‘राष्ट्र विखण्डनको पक्षमा मधेशी जनता नै छैन्’ उनले भने–‘जिओ पोलिटिक्सले समेत मधेश अलग हुने सम्भावना छैन् ।’ मधेशीलाई नै उतेजित पारेर विखण्डनतिर उभ्याउने काम नेकपा एमाले नै गरिरहेको आरोपका साथ नेता यादवले संसदमा प्रस्तुत संविधान संशोधन विधेयक विरुद्ध उक्त पार्टी उत्रनु त्यसैको प्रमाण रहेको जिकिर गरे ।

उनले भने–‘हामी संविधान संशोधन मार्फत मधेशीलगायत सवै नेपालीलाई समान अधिकार प्राप्त होस् भन्ने पक्षमा छौ, तर एमाले नै त्यसको बाधक बनिरहेको छ ।’ संसद्मा प्रस्तुत विधेयकलाई नै परिमार्जन गरेर आफुका माग सम्वोधन हुनुपर्नेमा जोड दिदै अध्यक्ष यादवले त्यसै नभएसम्म संविधान कार्यान्वयन हुन नसक्ने दावी गरे । उनले भने–‘यदि मधेशको माग पुरा भएन भने अर्को संशक्त आन्दोलनको विकल्प छैन् ।’

वर्तमान सरकार तीन वुँदे सहमतिका आधारमा निर्माण भएपनि सहमति पालना गर्ने मामिलामा ईमान्दार नरहेको बताउदै उनले समस्यालाई लम्व्याई राख्दा वर्तमान संविधान नै धरापमा पर्न सक्ने कुरामा गम्भिर बन्न काँग्रस, एमाले, माओवादी लगायतका दलहरुलाई आग्रह गरे । आफुहरुले नेपालभित्रै अधिकार प्राप्त मधेश प्रदेश खोजेको भन्दै उनले यसलाई विखण्डनको रुपमा नवुझिदिन सुझाव दिए ।

नेता यादवले भने–‘यो हाम्रो राजनितिक लडाई हो, यो देश हाम्रो पनि हो, कसैको फुर्तिबाट देश विखण्डन हुन सक्दैन ।’ मधेशी जनअधिकार फोरम (गणतान्त्रिक) का जिल्ला अध्यक्ष हरेराम यादवको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा पार्टीका केन्द्रिय उपाध्यक्ष गंगाराम यादव समेतको उपस्थिती रहेको थियो ।